आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छाडेका हौं ।’ उनका अनुसार शाहीलाई यो सुध्रिने मौका हो
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ ।
नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । उनले भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर छाडेका हौं ।’ उनका अनुसार शाहीलाई यो सुध्रिने मौका हो ।
प्रकाशित मिति September 16, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।