विश्वकै धनी व्यक्ति बिल गे’ट्सकी छोरीको यस्तो छ लाइफस्टाइल..जानिराखौ !

पोखरा २९ भदौ- विश्वकै धनी व्यक्ति बिल गे’ट्सकी छोरी विश्वकै धनी व्यक्ति हुन् विल गेट्स र उनकी पत्नी मेलिण्डा हुन् । तर यो जोडीले आफ्नो व्यक्तिगत जिन्दगी लाइ प्राइभेट नै राखेका छन् ।

उनकी छोरी जेनीफर गेट्स अहिले २१ वर्षकी भइन् । उनी आफ्नो परिवारको ठ्याक्कै उल्टो छिन् । आफू घुमफिर गर्न सारै सोखिन कि छन् र आफ्ना फोटोहरू सोसल मिडियाहरूमा जमेर सेयर गर्छिन् । गएको वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड सँग कुवेत सहितका अन्य अलग अलग देशरूमा समय बिताइन ।

यसै दौउरानमा उनले संसारभरका घोड सवारी प्रतियोगितामा समेत भाग लिएकी थिइन् र त्यसका फोटोहरू सेयर पनि गरिन् । अप्रिल १९९६ मा जन्मिएकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसारभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन् ।

जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिएटलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उनीहरु उच्च शिक्षाका लागि स्ट्यानफोर्ड युनिभर्सिटी गइन् । उनी घोड सवारीकै सौखिन छिन् र ६ वर्षको उमेरदेखि नै राइडिङ गरिरहेकी छिन् । उनी आफ्नो घोडाको तारिफ गरेर कहिल्यै थाक्दिनन् । उनी सुपर स्वीट र कन्फिडेन्टले भरिएकी छिन् ।

बिल गेट्सले उनको यो प्यासनलाई सपोर्ट गर्नका लागि फ्लोरिडाको बेलिङगटनमा एक पपर्टी खरिद गरेका छन् । यहाँ किनिएको बंगलाको मुल्य ५३ करोड रुपैयाँ रहेको बताइएको छ । यो बंगला पाम बीचको धेरै नजिक छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेष्टेन फेस्टिबल हुने गर्छ । यो फेस्टिबलमा हरेक वर्ष ४९ राज्य, ३० देशका २ हजार ८ सय घोडा सवार प्रतिस्पर्धा गर्छन् ।

संयुक्त राज्य अमेरिकाको इक्वेष्ट्रेन फेडरेशनले जेनिफरलाई शो जम्पिङमा १९ औं नम्बरमा राखेको छ । उनी घोडा सवारीका सबै प्रख्यात कम्पिटीसनहरु सहभागी भइसकेकी छिन् । गेट्सले द हर्स नेटवर्कको भनेका थिए कि उनले आफ्नो स्कुल र हर्स राइडिङमा सन्तुलन बनाइसकेकी छन् । उनी भन्छिन्, यी दुवै चीजले जीवनलाई निकै ब्यस्त बनाएका छन् तर मलाई यी दुवै चीज मन पर्छन् ।

घुमफिर उनको ग्ल्यामरस लाइफको हिस्सा नै हो । पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड नाएल नस्सरसँग घुमफिरका तस्विरहरु सोसल मिडियामा सेयर गरेकी थिइन् ।

नाइल पनि प्रसिद्ध शो जम्पर हुन् । जेनिफरले इन्स्ट्राग्राममा उनको फोटोहरु सेयर गरेर भनेकी छन्, ‘कसैलाई थाहा छैन् कि हाम्रो अफिसियल डेटिङ एनिभर्सरी आज हो वा भोलि । तर यसले कुनै फरक पर्दैन् । तिमीसँग म हरेक दिन खुशी छु ।

प्रकाशित मिति September 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।