देशबिदेशमा चर्चित बनेकी कमलालाई धादिङ्गमा मिल्यो यतो ठुलो सम्मान (भिडियो)

पोखरा २९ भदौ- लोकदोहोरीवाट निकै चर्चा बटुलेकी ११ वर्षीया बालिका कमला घिमिरे आफ्नै घर धादिँग पुग्दा सम्मानित भएकी छन् । उनलाई आफ्नो ठाउँको मान बढाएको भन्दै सम्मान गरेका थिए ।

उनले आफुलाई यो अवस्था सम्म पुर्याउनेहरुलाई धन्यवाद दिएकी छन् । प्रगतिशिल महिला समुहले उनलाई सम्मान गरेको छ । त्यो सम्मानका लागि पनि सबैलाई धन्यवाद दिएकी छन् । गलबन्दी च्यातियो गीत गाएको देखेका दर्शकले उनलको त्यो गीत निकै मन पराएका थिए ।

उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको थियो । भदौको ७ गते तीज गीत कार्यक्रम भएको बेलामा उनी त्यहाँ सहभागी भएर गीत गाएकी थिइन् । त्यतीबेला उनले गाएको गीत सबैले मन पराए र चर्चामा पनि आएको थियो ।

यतिबेला भने हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ। ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति September 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।