विष्णु माझीको गीतमा केकीको अभिनय (भिडियो)

पोखरा २९ भदौ- फिल्म क्षेत्रमा चर्चित रहेका नायक नायिकाहरु लोक तथा दोहोरी गीतमा अभिनय गर्न थालेका छन्। कुनै बेला नेपाली लोकगीत भनेपछि नाक खुम्च्याउने युवा जमात अहिले नेपाली लोक शैलीका गीतमा आउन लागेकी छन् ।

फिल्ममा पनि लोक गीतका भाकाहरु समावेश हुन थालेका छन्। यसैबीच लोकप्रिय गायिका विष्णु माझी र विनोद विसीको स्वरमा रहेको ‘गुलाबको फूल’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।निश्चल केसीको निर्देशन रहेको गीतको कोरियोग्राफि विष्टले गरेका हुन्।

युनिक भोजराज विकको शब्द तथा संगीत रहेको गीतमा नायिका केकी अधिकारीले अभिनय गरेकी छिन्। अभिनयमा उनलाई गम्भीर विष्ट र सुरज श्रेष्ठले साथ दिएका छन्।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति September 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।