घरमा एक्ले सुतेकी महिलाको बेडमै मध्यरातमा अजिङ्गर पुगेपछि…

पोखरा २८ भदौ- बेलायतमा एक महिलाको बेडमै अजिङ्गर आइपुगेको छ । लन्डनको किंस्टनस्थित एक घरमा एक्लै सुतेकी महिलाको बेडमै अजिङ्गर आइपुगेपछि सो गाउँ त्रासमा डुबेको छ ।

एक्लै सुतेकी ति महिला बिहान ब्यूँजिदा तीन फिट मोटोे अजिङ्गर देखेपछि आत्तिएकी थिइन् । बेडमा आफूसँगै अजिङ्गर सुतिरहेको देखेपछि आत्तिएर त्यहाँ बाहिर निस्किइन् ।

उनले वन विभागका कर्मचारीलाई फोन गरिन्। वन विभागका कर्मचारीले अजिंगरलाई समातेर घर बाहिर लगे। वन विभागका कर्मचारीका अनुसार उक्त अजिंगर कुनै व्यक्तिको घरबाट भागेर त्यहाँ पुगेको हुनसक्छ ।

प्रकाशित मिति September 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।