आजको राशिफल : भाद्र २८ गते शनिबार, भगवानले रक्षा गरून्

वि.सं. २०७६ भाद्र २८ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १४ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन् । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । साँझमा बाह्रौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, त्यसपछि खर्चको मात्रा बढ्न सक्छ

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । आज साँझ कर्मक्षेत्रमा रहेको चन्द्रमा लाभ भावमा प्रवेश गर्दैछ, त्यसैले अब ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यमा चन्द्रमा छ, पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्ने छ । कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । बेलुका कर्मक्षेत्रमा चन्द्रमाले प्रवेश गर्नेछ । त्यसपछि थातीरहेको आवश्यक र गर्नैपर्ने काममा मिहिनेत गर्ने विचार आउने छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा शुभफल देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दीर्घकालिक काम बेलुकीपख गर्नु शुभ हुन्छ किनकि आजबाट नकारात्मक समयको अन्त्य हुँदैछ । तर दिउँसो अबेरसम्म अष्टम भावको चन्द्रगोचर रहेकाले दिनभरि विभिन्न समस्या झेल्ने र बाधाअड्चन ब्यहोर्नु पर्ने दिन छ । भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । त्यसैले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आज धार्मिक र सामाजिक क्षेत्रमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । आज आत्मीय मित्रसँग रमाइलो पल बिताउने समय हो । उता व्यवसायिक गतिविधि र बन्दव्यापारबाट पनि लाभ लिन सकिने समय छ । हाँसखेल र रामरमाइलोमा नै आजको दिन व्यतीत हुने सङ्केत छ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ । अब रामरमाइलो त्यागेर बाध्यात्मक काम र व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, कुनै महत्वपूर्ण घरायसी काम छ भने साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । त्यसपछि पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनभरि किचलो, झमेला, पुराना काम र खित्रिङमित्रिङमा समय बित्नेछ । मनमा दम्भ हाबी हुने समय छ, त्यसैले वादविवा*द र मु*द्दामामिला अघि सर्नु हुँदैन । बन्दव्यापार र उद्योगधन्दामा ध्यान केन्द्रित गरेमा मात्र लाभ लिनसकिने छ । घरिघरि मन अशान्त रहने छ, के गरौं र के गरौं भइरहन्छ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नै पर्ने काममा विलम्ब हुनसक्छ । हुन त दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । गरेका काम दोहोर्याउने परिस्थिति बन्नेछ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । रमणीयतातर्फ झुकाव बढ्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि रमाइलो समय छ । विपरीतलि*ङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, किशोरकिशोरीमा रागात्मक भावनाको उदय हुनसक्छ । सँगीसाथी र परिवारका सदस्यहरूको सहयोग प्राप्त हुनेछ । बुद्धिकौशल र आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । मन अशान्त रहने छ, बुद्धिमा अहङ्कारको प्रवेश हुनेछ, रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चतुर्थ भावको चन्द्रमाले तपाईंलाई शुभफल प्रदान गर्ने परिस्थिति बनेको छ । हुन त प्रारम्भमा जाँगर चल्ने दिन देखिंदैन, मनमा नैराश्य र वैराग्यका भाव सञ्चरण भए पनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा बृद्धि हुनेछ । परिवारका सदस्यहरूमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पराक्रम स्थानमा चन्द्रमाको उपस्थिति भएकाले साख र सम्मान जोगाउन प्रयास गर्ने दिन हो, आजको दिन । रोकिएका पुराना कामहरू बनाउने प्रयास हुनसक्छ, तर नयाँ कामधन्दा सुरु गर्दा उस्तो फाइदा हुने सम्भावना छैन । अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ अपराह्नपछि चौथो चन्द्रमाले असहज परिस्थिति सिर्जना गर्नेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । घरपरिवारभित्र देखिने समस्यामा केन्द्रित हुनु पर्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज बेलुका तपाईंको राशिमा रहेको चन्द्रमाले धनस्थानमा प्रवेश गर्दैछ । अब धनधान्य बृद्धि गर्ने अनुकूलता मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । नरनाताको काम गरेर सम्मान र साख बढाउन सकिने छ, त्यस्तै पारिवारिक जमघटमा सहभागी बन्नुपर्ने छ । कतैबाट वस्त्र, अलङ्कार आदि उपहारसमेत पाउन सक्नुहुन्छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । आर्थिक पक्ष मजबूत बनाउन गरेको चिन्तन फलदायी हुनेछ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज साँझबाट तपाईंका नकारात्मक समयको समाप्ति हुँदैछ, तर सूर्योदयकालमा चन्द्रमा अनुकूल छैन, तर नडराइकन सुझबुझ, आत्मबल र हौसलाको प्रयोग गरेमा सफलता नै हासिल हुने दिन हो । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । नयाँ कामको वातावरण तैयार हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । भविष्यमा फाइदा हुने कुनै काम गर्ने वातावरण मिल्नसक्छ । अब क्रमशः असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादवि*वादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् शुभदिन ।

प्रकाशित मिति September 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।