दशैँका लागि २० र ५० रुपैयाँका नयाँ नोट मात्र बजारमा

पोखरा २७ भदौं- केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले २० र ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याएको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि नयाँ नोट बजारमा ल्याएको बताएको हो।

राष्ट्र बैंकका अनुसार ‘वि सं २०७२’ सिरिजका २० र ५० रुपैयाँका नोटहरु चलन चल्तीमा ल्याइएको हो। २० रुपैयाँको नोटको अगाडिको भागमा पैसामा सिरिज लेखिएको छ भने पछाडिको पृष्ठभुमिमा ‘२०१६ ए डि’ अंकित गरिएको छ।

५० रुपैयाँको नोटको अगाडिको भागमा पैसामा सिरिज लेखिएको छ भने पछाडिको पृष्ठभुमिमा २०१५ ए डि’ अंकित छ।

बैंकले जारी गरेका नयाँ २० रुपैयाँको नोटको संकेत नम्बर ञ÷४१०००००१ देखि ९९९९९९ सम्म हुनेछन् भने ५० रुपैयाँका नोटको संकेत नम्बर ज÷८८०००००१ देखि ज÷८८९९९९९९ सम्म छ ।

प्रकाशित मिति September 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।