११ बर्षिया कमलाको दोहोरी सुनेपछि प्रकाश सपूतले लेखे यस्तो

पोखरा २७ भदौ- धादिङकि ११ बर्षिया कमला घिमिरे अब्बल दोहोरी गाएर अहिले चर्चामा आएकी छिन् । दोहोरी गाउनकै लागि गृहजिल्लाबाट काठमाडौं सम्म आएकी कमलालाई अन्तरवार्ता दिन भ्याइनभ्याई भयो, उनि लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पनि पुगिन् ।

कृष्ण कंडेलले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रममा पुगेर वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियार सँग गाएको दोहोरी अहिले युट्युवमा शिर्ष स्थानमा छ । उक्त दोहोरी सुनेर कलाकारहरुले कमलाको तारिफ गर्दै शुभकामना ब्यक्त गरिरहेका छन् । चर्चित गायक तथा सर्जक प्रकाश सपूतले पनि कमलाको तारिफ गर्दै एक स्टाटस् लेखेका छन् ।

पढ्नुहोस् प्रकाश सपूतले लेखेका स्टाटस्: हो ! दोहोरी, दोहोरी जस्तो हुनुपर्छ सबैले मन पराउछन । जेनेरेशन को के कुरा ? भेग को कुरा ? नपत्याय हेर्नुस त ? ईन्द्रेणिको यो अंक ट्रेन्डिङ र भ्यु मात्र होईन लाईक कमेन्ट र सेयर । वा । कमला घिमिरेलाई हार्दिक स्वागत र धन्यबाद ।

तिम्रो आगमनले अर्को ५ दशक दोहोरी मर्दैन । तिमीले मात्रै गायौ भनेपनि पुस्ताको प्रतिनिधित्व हुनेछ । तिमीलाई तिम्रा उमेरका पुस्ताले पछ्याउनेछन । सुन्नेछन , सिक्नेछन । तिमी पछि फेरी तिमी भन्दा सानी कमला आउनेछिन । यो अमुल्य दोहोरी संस्कृति रहिरहनेछ अजम्बरी ।

हामी बेकार सतहि बहस गर्छौ मात्रै । पहिला गाउ गाउको मन जितेर एउटा गित रेकर्ड गर्न महिनौ हिडेर मिडियामा आएका सम्मानित अग्रजहरु हुन वा सिधै मिडियामा आएर गाउ गाउको मन जितेकी कमला हरु ।

अलौकिक समयले सिर्जना र कलाकारहरु जन्माईरहेको हुन्छ। हामीले ग्रहण गर्नु पर्छ । स्विकार्नुपर्छ । हावा, पानी, घाम , जुन स्विकारे जस्तै । घाम को ताप खिचेर घामबाट बिजुले निकाले जस्तै कहिले काहि दोहोरी मा समय सुहाउदो प्रयोग गर्दा र परिमार्जन गर्दा कसैले टाउको दुखाउनै पर्दैन । सोलारले घाम सक्छ र ?

अ साच्चि कमला नानी ।! हुनत ठुली हुदै जादा अझै निखारिदै जाउली, मैले दोहोरी खेल्दा अग्रज रमेश बिजि दाईहरुले भनेको कुरा तिम्लाई भन्छु काम लाग्न सक्छ – प्रत्यक टुक्काको ठाडो जवाफ दिदा प्रसंग त्यहि सकिन्छ ।

दोहोरी खेल्नु भनेको जवाफ दिनु मात्रै होईन, सवाल गर्नु पनि हो । अलिकति अरुलाई अगाडि जान दिनु पनि हो, फेरी अर्को टुक्कामा आफुले उछन्नु हो । अब दोहोरी खेल्दा बाटो छोडेर पनि खेल्नु है । तिम्रो आत्मविश्वासको फ्यान भए मत । धेरै धेरै शुभकामना ।

अनि राजु परियार दाई ? । तपाई त सधै किङ नै हो । यो दोहोरीमा तपाईको धैर्यता र शब्दहरु उफ़ । नानीको उमेर र अनुभव सुहाउदो कति स्वस्थ र सरल दोहोरी गाउन सक्नु भएको । तपाई सधै आदरणिय हुनुहुन्छ । यसरी कमलाको चर्चा भएको छ ।

प्रकाशित मिति September 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।