सल्यान २५ भदौ – सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० का दुई जना बालिका बे*पत्ता भएका छन् । बेपत्ता हुनेमा खिमा ओली र तिमा बटाला रहेका छन् ।
भगवती आधारभूत विद्यालयमा कक्षा ७ र ६ मा पढ्ने माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गत हप्तादेखी हराएका हुन् ।
खिमा र प्रतिमा भदौ १९ गते बेलुका घरबाट निस्किएको जनाइएको छ । उक्त बालिकाहरु हराएपछी अभिभावकले खोजी गर्नेका लागि भदौ २२ गते प्रहरीमा निवेदन दिएका हुन् । प्रहरीका अनुसार खोज तलास भएको बताएका छन् ।
प्रकाशित मिति September 11, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।