यी सुन्दरीहरु एक जना केटा पनि नपाएपछि सामूहिक बिहेको अपिल गर्दै

ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् ।

कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् । तर, ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् । समाचार माध्यममा जनाईएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन् ।

केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन्
तथ्याङ्कअनुसार समग्र ब्राजिलमा भने एक सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् ।

त्यसो त यो समस्या ब्राजिलको कोर्डेरियो सहरको मात्र होइन । रुसका केही स्थानमा पनि हालत यस्तै छ । त्यहाँ पनि केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ । जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नुपर्ने अवस्थामा छ ।

प्रकाशित मिति September 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।