कृष्ण ओलीको हातखुट्टा राखेपछि गर्न थाले आफै यस्तो काम (भिडियो)

पोखरा २३ भदौं– डेड बर्ष अघि जेठ महिनामा कृष्णलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लाग्यो, जसका कारण उनले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्‍यो।

दाङ, तुलसीपुरस्थि विद्युत प्राविधिक पदमा कार्यरत कृष्णले विद्युत लाइन बिस्तार गर्ने क्रममा आफ्ना दुवै हात र खुट्टा गुमाएको कारुणिक कथा सुनेर सहयोगको देश विदेशबाट पनि सहयोग आएपछि उनि अहिले हातखुट्टा हालेका छन् ।

मानवताको न कुनै जात हुन्छ, नत धर्म। मानवताको न कुनै राष्ट्रियता हुन्छ, नत सीमा रेखा नै। उपकारी मनहरूका लागि नत कोही आफ्नो हुन्छ, नत पराई। हरेक सीमा नाघेर, अनि, जात धर्म र राष्ट्रियताको पर्खालभन्दा माथि चढ्ने गुणीहरू विरलै भेटिन्छन्।

२०१९को जनवरी १ अघिप्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली। इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा क*रेन्ट लाग्यो। विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए।विद्युत लाइन विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको क*रेन्ट ला*गेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे ।

कृष्णको हात र खुट्टा जोड्नको लागि देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका छन् । त्यही साथ र सहयोगका कारण आज कृष्ण ओली हिड्न सक्ने भएका छन् ।

घरको आर्थिक अवस्था निकै कम्जोर रहेका कृष्णलाई देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका थिए ।नेपालमै खु*ट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर ओली सँग अहिले मुम्बईमा छन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राखेका छन् ।

कृष्णले अहिले बायोमेट्रिक हात राखेर अभ्यास गरि रहेका छन ।कृष्णले कृ*तिम हातले पहिलो अक्षर रुपा लेखे ।कृष्णलाई कठिन परिस्थितिमा पनि बिचलित नभई रुपाले हरेक सुख दुखमा साथ दिए पछी रूपाका प्रशंसक पनि बढ्दो छन्।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति September 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।