कार चलाउँदा किन हेल्मेट नलगाएको भन्दै ट्राफिकले ५ सयको चिट काटेपछि…

पोखरा २० भदौ- कार चलाउँदा हेल्मेट नलगाएको भन्दै कारवाहीमा परेको तपाईले कहिल्यै कतै सूननु वा देख्नु भएको छ ?

भारतको उत्तर प्रदेशको बरेलीमा एक व्यापारीलाई कार चलाउँदा हेल्मेट नलगाएको भन्दै जरिवानाको चलान काटेपछि अहिले यो घटनाले भाइरल रुप धारण गरेपछि प्रहरी समेत अप्ठ्यारोमा परेको छ ।

भारतीय मिडियाले ट्रौफिकसँग बुझ्न खोज्दा ट्राफिक विभागका एसपीले यस विषयमा जाँच गराउने बताउँदै चलान काट्ने बेला गलत बटन झुक्किएर दवाइएको बताएका छन् ।

उत्तर प्रदेशका ति ब्यापारी अनिश नरुलाले ट्राफिक एसपीसँग गुनासो गरेसँगै घटनाको रहस्य बाहिर सतहमा आएको हो । घटनाबारे भारतीय मिडियाले ट्रौफिकसँग बुझ्न खोज्दा ट्राफिक विभागका एसपीले यस विषयमा जाँच गराउने बताउँदै चलान काट्ने बेला गलत बटन झुक्किएर दवाइएको बताएका छन् ।

पिडितले क्रेटा कार चलाउँदै आएको तर उनलाई पठाइएको चलानमा नम्बर त उनको कारकै भएको त चलान भने स्कुटरको काटिएको समाचारमा जनाइएको छ । यस विषयमा ट्राफिक प्रहरीले अनुसन्धान सुरु गरिसकेको र दोषीलाई कारवाही पनि गरिने उल्लेख गरेका छन् ।

प्रकाशित मिति September 7, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।