‘गलबन्दी’ करोड क्लबमा राख्यो रेकर्डः १५ दिनमै एक करोड भ्यूअर

गीतसंगीत स्तरिय भयो, दर्शक तथा श्रोताको मुखमा झुन्डिने भयो भने त्यसले सफलता पाउन लामो समय कुर्न पर्दैन। यसरी नै ‘गलबन्दी’ले तहल्का मच्चायो । गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

गीतसंगीत भ्यूजको आधारमा मात्र हिट हुन्छ भन्ने हुँदैन । तर, यो गीतले भ्यूज मात्र होइन, दर्शक श्रोताको माया पाएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब ३० हजार कमेन्ट गीतमा आएको छ ।
यो गीत बालबच्चा, यूवादेखि वृद्धसम्मको मुखमा र सामाजिक सञ्जाल चारैतिर सर्वत्र चर्चा छ ।

भिडियोः

प्रकाशित मिति June 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।