मोहित पार्ने रूप, फिदा बनाउने फिगर, हेर्नुहोस् नायिका सन्ध्या केसीका १० तस्बिर

भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो ।

चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी उस्ताहित थिइन् । तर यो फिल्म अझै रिलिज हुन सकेको छैन । तरपनि उनको सुन्दरता र फिगरको निकै चर्चा हुने गर्च ।

सन्ध्याले सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । हेरौँ उनले शेयर गरेका केही तस्वीर ।

योपनि पढनुहोस्
नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छः राजदूत पुरी

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले दुई देशबीचको आपसी सहकार्यले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुँदै गएको बताएका छन् ।भारत सरकारको सहयोगमा गोरखामा भइरहेको भूकम्पपछिको पुनःनिर्माणको अवलोकन गर्न गोरखा पुगेका राजदूत पुरीले भारत सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित पदेलडाँडाकी रेणु खड्काको घर निरीक्षण गरे ।

उनले गोरखाको पुनःनिर्माण तीव्र रुपमा अगाडि बढेकामा खुशी व्यक्त गरे । “दुई देशबीचको समन्वय र सहकार्यले पुनःनिर्माण तीव्र गतिमा भएको छ”, राजदूत पुरीले भने, “नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छ ।”

राजदूत पुरीले सहयोग र आपसी सहकार्यमार्फत भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए ।

भारतले गोरखा र नुवाकोटमा भूकम्पले क्षति पु¥याएका ५० हजार घर पुनःनिर्माणका लागि रु छ अर्ब ९५ करोड सहयोग उपलब्ध गराएको छ । गोरखामा २६ हजार ९१२ भूकम्पपीडितलाई सहयोग गरिएको यूएनडीपीका गोरखा संयोजक राम सापकोटाले जानकारी दिए । यहाँ २३ हजार ८०० घर पुनःनिर्माण सम्पन्न भएको उनले बताए ।

प्रकाशित मिति September 1, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।