अमेरिकामा ५० डलरको सामान चोरेका एक व्यक्ति ३६ वर्ष जेल बसेपछि…

अमेरिकाको अलावामा राज्यका एक जना न्यायाधीशले ५०.७५ डलर मूल्यको बेकरी चोरेको आरोपमा जन्म–कैद पाएका एक व्यक्तिलाई रिहा गर्न आदेश दिएका छन् ।

पाेखरा १४ भदाै- अमेरिकाको अलावामा राज्यका एक जना न्यायाधीशले ५०.७५ डलर मूल्यको बेकरी चोरेको आरोपमा जन्म–कैद पाएका एक व्यक्तिलाई रिहा गर्न आदेश दिएका छन् । ५८ वर्षका अल्भिन केन्नार्डलाई सन् १९७०को दशकमा ल्याइएको ‘दोहोर्याएर अपराध गर्दा कडा सजायँ हुने’ कानुन अन्तर्गत त्यति कठोर सजायँ दिइएको थियो ।

केन्नार्ड उनको परिवारमा फर्किनेछन् र सम्भवत उनले आफ्नो पुरानो पेसा सिकर्मी सुरु गर्नेछन् ,’ क्रोडरले गार्जियन पत्रिकासँग भनिन्

केन्नार्डलाई रिहा गर्ने निर्णयलाई उनका परिवार र मित्रले स्वागत गरेका छन् । केन्नार्डको तर्फबाट वकालत गरेकी वकिल कार्ला क्रोडरका अनुसार केन्नार्डले अब नयाँ अवसरको लागि तयारी गर्ने बताएका छन् । केन्नार्ड उनको परिवारमा फर्किनेछन् र सम्भवत उनले आफ्नो पुरानो पेसा सिकर्मी सुरु गर्नेछन् ,’ क्रोडरले गार्जियन पत्रिकासँग भनिन् । केन्नार्ड सन् १९८३ मा चक्कु देखाएर बेकरी लुटपाट गरेको घटनामा प*क्राउ परेका थिए ।

लुटपाटको समयमा कसैलाई चोट पटक नलागेको भए पनि उनलाई प्यारोल(पुनरविचार सुनुवाई) समेत नहुने गरी जन्म–कैदको सजायँ सुनाइएको थियो

त्यो समय उनी २२ वर्षका थिए । लुटपाटको समयमा कसैलाई चोट पटक नलागेको भए पनि उनलाई प्यारोल(पुनरविचार सुनुवाई) समेत नहुने गरी जन्म–कैदको सजायँ सुनाइएको थियो । त्यस अघि पनि उनी एउटा चोरीको घटनामा दोषी पाइएका थिए । त्यसपछि केही समयको अन्तरालमा अप*राध दोहा¥याएको भन्दै उनलाई ‘ओल्ड ह्याविचुअल फेलोनी अफेन्डर एक्ट’ अन्तर्गत सजायँ दिइएको थियो ।

उनलाई मुक्त गर्ने निर्णय गर्दा अदालतमा उपस्थित उनका परिवारका सदस्य तथा साथीहरु खुसीले उफ्रिएका थिए ।

अहिले यस कानुनमा प्यारोलको व्यवस्था हुने गरी परिवर्तन गरिएको छ । कैदीको पहिरनमा अदालतमा उपस्थित भएका केन्नार्डले आफ्नो गल्तीको सम्पूर्ण जिम्मेबारी लिने बताए । उनलाई मुक्त गर्ने निर्णय गर्दा अदालतमा उपस्थित उनका परिवारका सदस्य तथा साथीहरु खुसीले उफ्रिएका थिए ।

प्रकाशित मिति August 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।