बाहिरिए ज्योती मगरका होसै उडाउने अवतार, हेराैँ १० तस्बिर

अविवाहिता छिन् ज्योति । अब परिवारले पनि बिहेका लागि कर गर्दा हुन् । तर, उनको बिहे जुरेको छैन । अन्य कलाकार जस्तो अफेयर्सको हल्ला पनि चल्दैन उनको

ति मगर आफूलाई लाइन नमार्ने सबै केटालाई राखी बाँध्न चाहन्छिन् । हालै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखिन् ‘यति राम्री र कुमारी केटीलाई पनि लाइन नदिने केटालाई आज म राखी बाँध्न चाहन्छु, कोही छ ?

अहिलेसम्म अविवाहिता छिन् ज्योति । अब परिवारले पनि बिहेका लागि कर गर्दा हुन् । तर, उनको बिहे जुरेको छैन । अन्य कलाकार जस्तो अफेयर्सको हल्ला पनि चल्दैन उनको । सायद केटाहरुले नै वास्तै गरेनन् कि क्या हो ?

अहिलेसम्म ज्योतिले कतिलाई राखी बाँधिदिइ होलिन् त्यो उनैलाई थाहा होला । अब भए भरका केटालाई राखी बाँधेर दाजुभाइ बनाउने भएपछि उनको बिहे नहुने सम्भावना बढ्यो

त्यसैको आक्रोश त होला रक्षा बन्धनको अवसरमा आफ्नो सुन्दरतालाई नजरअन्दाज गर्ने केटाहरुलाई राखी नै बाँध्ने घोषणा । अब अहिलेसम्म ज्योतिले कतिलाई राखी बाँधिदिइ होलिन् त्यो उनैलाई थाहा होला । अब भए भरका केटालाई राखी बाँधेर दाजुभाइ बनाउने भएपछि उनको बिहे नहुने सम्भावना बढ्यो । भनेपछि संन्यासी नै बन्ने हुन् त ज्योति ?

हेराै उनका होसै उडाउने तस्बिर

योपनि पढ्नुहोस्
पाँच वर्षमुनिको बच्चाको हक आमामा

मेरी श्रीमती र मेरो झ*गडा भएर हामी अब सँगै बस्न नसक्ने अवस्थामा पुगिसक्यौँ। हाम्रो चार वर्षकी छोरी पनि छ। हामी दुई सम्बन्ध विच्छे*द गरेको अवस्थामा छोरीको हक कसलाई जान्छ ?

बालबालिकाको हित तब मात्र हुुन्छ जब उसले आमा र बुवा दुवैको माया पाउँछ। बालबालिकालाई मानसिक र शारीरिक दुवै रुपमा तन्दुरुस्त बनाउन परिवारको माया र ममता चाहिन्छ। त्यसैले सकेसम्म आफ्ना झगडाको कारण पत्ता लगाएर दुवै आमा बुवाले आ–आफ्ना गल्ती सुधारेर मिलेर बस्दा राम्रो हुन्छ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुन्छ। बालबालिकाको हेरचाह, संरक्षण तथा पालनपोषण गर्ने सम्बन्धमा बाबुआमाको समान दायित्व हुन्छ तर बाबुआमाको सम्बन्ध विच्छेद भएको वा अन्य कुनै कारणले अलग बसेको अवस्थामा बालबालिकाको पालनपोषणको खर्च आर्थिक क्षमता अनुसार बाबु आमा दुवैले व्यहोर्नु पर्छ।

ऐनको दफा ६ अनुसार कुनै पनि बालबालिकालाई निजको इच्छा विपरीत बाबु वा आमाबाट भिन्न वा अलग गर्नु हुँदैन। यस ऐनबमोजिम बालकल्याण आधिकारी वा बाल अदालतले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी व्यवस्था गर्दा, बालबालिकालाई बाबुआमा वा संरक्षकबाट अलग गर्नु पर्दा बाबु आमाको सम्बन्ध विच्छेद भई छोराछेरीको हेरचाह वा पालनपोषण कसले गर्ने भन्ने निर्णय गर्दा तोकिएबमोजिमको उच्चतम हित निर्धारण प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।

मुलुकी देवानी संहिता, २०७५ को दफा ११४ अनुसार पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए त्यस्तो बच्चाको जिम्मा लिने हक आमाले चाहेमा आमाको नै हुन्छ । बच्चा पाँच वर्षभन्दा कम उमेरको हुँदा आमाले अर्को विवाह गरे पनि बच्चाको हक आमामै जान्छ। बच्चाको उमेर पाँच वर्षभन्दा माथिको छ भने आमाले अर्को विवाह नगरेको अवस्था हो भने आमाकै हक लाग्छ तर आमाले अर्को विवाह गरिसकेको अवस्थामा बच्चाको हक बुबालाई जान्छ। पतिपत्नी बीचमा पहिले नै बच्चा कोसँग राख्ने भन्ने सल्लाह भइसकेको अवस्था हो भने पतिपत्नीको सल्लाहबमोजिम नै हुन्छ। बच्चाको उमेर दस वर्ष भइसकेको अवस्था हो भने निजले आमा, बाबुमध्ये जोसँग बस्न मन्जुर गरेको छ बच्चालाई निजकै जिम्मा लगाउनु पर्छ।

यसरी जिम्मा लिने बुवा वा आमाको मृ*त्यु भएमा जीवित रहेको आमा वा बुवाले ढिलो नगरी नाबालकको जिम्मा लिनु पर्दछ तर आमाले अर्को विवाह गरिसकेको अवस्था छ भने पाँच वर्ष पूरा भइसकेको नाबालकको जिम्मा लिन आमालाई कर लाग्दैन।

नाबालकको जिम्मा लिने आमा वा बाबुले आफ्नो आर्थिक हैसियत र क्षमताअनुसार पालनपोषण, स्वास्थ्योपचार, शिक्षा, दीक्षा, खेलकुद, मनोरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नुपर्छ तर जिम्मा लिने आमा वा बाबुको भन्दा जिम्मा नलिने आमा वा बाबुको आम्दानी बढी रहेछ भने त्यस्तो आमा वा बाबुले त्यस्तो आम्दानी सहमति हुन सके सहमतिमा र हुन नसके अदालतले तोकेबमोजिमको खर्च नाबालकलाई उपलब्ध गराउनु पर्नेछ।

आमा र बुवा भिन्न बसेको अवस्थामा आमाको जिम्मा रहेको नाबालकलाई बाबुसँग र बाबुको जिम्मा रहेको नाबालकलाई आमासँग समय समयमा भेटघाट गर्न वा आमा बाबुको सहमतिमा केही अवधिका लागि साथमा बस्न दिनुपर्छ तर भेट्दा मात्रै पनि बच्चामा प्रतिकूल असर पर्ने देखिएमा अदालतले भेट गर्न प्रति*बन्ध लगाउन सक्छ।

प्रकाशित मिति August 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।