एसपी मल्लको नाममा फेसबुक अकाउन्ट बनाएर जथाभावी लेख्नेलाई सिआइबीले खोज्दै

चितवन १२ भदाै- जिल्ला प्रहरी र्कायालय चितवनका एसपी दानबहादुर मल्लको नाममा फेसबुक अकाउन्ट खोली आपत्तिजनक स्टाटस राखिएको भेटिएपछि पहरीले कारवाहीका लागि अनुसन्धान थालेको छ ।

भरतपुर निवासी दानबहादुर मल्ल भन्दै खोलिएको अकाउन्टमा आपत्तिजनक स्टाटस र तस्बिर समेत राखिएको थियो । प्रहरीको नाममा खोलिएको एकाउन्टवाट आपत्तीजनक सामग्री सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनको ध्यानाकर्षण भएको होे ।

नेपाली पत्रकार शालीकराम पुडासैनीको प्रकरणमा प*क्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामीछानेलाई फसाउन मियर रेणु दाहालले एसपी मल्लाई १४ करोड दिएको भन्दै स्टाटस लेखिएको थियो । सो एकाउण्टमा आपत्तीजनक तस्बिर समेत सार्वजनिक भएका थिए ।

प्रहरीले त्यस्तो एकाउन्ट बनाउने ब्यक्तिको खोजि भइरहेको जनाएको छ । एसपी मल्लाका अनुसार उत्तm अकाउन्ट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट समेत अनुसन्धान भइरहेको छ । यो सँग सम्बन्धित जो सुकैभए पनि कानुनी दायरामा ल्याएर छाड्ने एसपी मल्लले बताए ।

याे पनि पढ्नुहेास्ः
केहीदिन देखि अशान्त रहेको ठाउँ चितवनमा मन्त्रि योगेश भट्टराई पुग्दा, रेणु दाहालले राखिन यस्तो माग (भिडियो)

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थललाई यात्रु आउने जाने मात्र नभई व्यवसायिक एयरपोर्टको रुपमा बिस्तार गर्ने निर्देशन दिएका छन्।बिहीबार चितवन पुगेका भट्टराईले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने पर्यटकीय हिसावले महत्वपूर्ण विमानस्थलका रुपमा रहेकाले यसलाई पर्यटन मन्त्रालयको निति तथा कार्यक्रममा समेटेर विशेष प्राथमिकतामा राखेको बताउदै उनले भने यो पूर्ण व्यवसायिक बनाउन सपिङ्ग कम्पेक्स राख्ने र माथी कार्यालय राख्न समेत निर्देशन दिए ।

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताए। भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए।मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाउने योजना रहेको पनि सो क्रममा बताए ।

उनले नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको जानकारी दिँदै विमानस्थललाई व्यवस्थित बनाउने सिलसिलामा विमानस्थल नजिकै रहेको नेपाली सेनालाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि भएका विभिन्न प्रयासका बारेमा व्रिफिङ गरेकी थिइन् । उनले लुक्लापछिको दोस्रो जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको भन्दै यस्लाई चाँडैनै सुधारका लागि कदम चाल्नुपर्नेमा जोड दिइन् ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति August 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।