अशोक गर्लफ्रेन्डसँग बाईकमा सरर…

मन विनाको धन ठूलो कि…’ गीतबाट एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी पहिलो पटक म्युजिक भिडियोमा देखिने भएका छन् ।गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियोकोमा उनी देखिन थालेका हुन् । गीतको छायांकन हालै सम्पन्न भएको हो । भिडियो केही दिनमा सार्वजनिक हुने भएको छ ।

भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना, दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । जहाँ अशोक दर्जीले बाइकको पछि केटी राखेर हुइँकिएको देखाइएको छ ।

गीतको म्यूजिक भिडियो सार्वजनिक हुनु अगावै सुटिङ स्थलका क्लिपहरुबाटै उनको चर्चा हुन थालेको छ । भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना, दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । जहाँ अशोक दर्जीले बाइकको पछि केटी राखेर हुइँकिएको देखाइएको छ । पूर्वी नेपालका विभिन्न ठाउँमा बाटोमा बसेर गीत गाउँदै आएका दर्जीका गीत युट्युवमा भाइरल बनेपछि उनको उद्धार गरी गायक तथा संगीतकार बुढाथोकीले आफ्नो संरक्षणमा राखेका छन् ।

प्रकाशित मिति June 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।