अमेरिका न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन् । दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ ।
दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो ।
दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ । मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएको छ । दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो ।
प्रकाशित मिति June 11, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।