रविका अधिवक्ता भन्छन्– आदेशको सम्मान गर्छाैँ, तर उच्च अदालत जान्छौँ

पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको छ । नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी–प्रेमिका तथा साथीभाइलाई नै आरोपी बनाएर मुद्दा चलाइएको थियो । तर, पत्रकार पुडासैनीको आ*त्मह*त्यापछि रवि लामिछानेसहित तीनजना पक्राउ परेपछि जनप्रदर्शन भएको छ ।

रवि पक्षका कानुन व्यवसायीले मृ*तकले आ*त्मह*त्याअघि नाम लिएको भरमा कसैमाथि मुद्दा चलाउन नमिल्ने जिकिर गरेका छन् । तर, अदालतले रविलाई पाँच लाख, उनका सहयोगी युवराज कँडेललाई तीन लाख धरौटीमा छोडेपछि उनी पक्षका अधिवक्ताले उच्च अदालतमा जाने स्पष्ट पारेका छन् । ‘हामी जिल्ला अदालत चितवनको आदेशलाई सम्मान गर्छौँ, तर न्यायको माग गर्दै उच्च अदालत जान्छौँ, मृ*तकले नाम लिएकै भरमा हाम्रो पक्षलाई धरौटीमा छाडेर मुद्दा चलाउन मिल्दैन,’ वरिष्ठ अधिवक्ता सुशील पन्तले भने ।

अस्मिता कार्कीको तर्फबाट मनीषा श्रेष्ठ र उषा गिरी तथा शालिकराम पुडासैनीको परिवारका तर्फबाट सरकारी वकिलहरू यदु शर्मा, प्रकाश श्रेष्ठ तथा अधिवक्ता स्वागत नेपालले बहस

तर, अदालतको आदेशअगाडि जिल्ला अदालत चितवनमा गरमागरम बहस भएको थियो । रविसहित तीनजनालाई पक्राउ गरेको १० दिनपछि प्रहरीले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नासाथ आइतबार र सोमबार अदालतले अभियुक्तहरूसँग बयान लिएको थियो । बयान सकिनासाथ दुवै पक्षका वकिलले गरमागरम बहस गरेका थिए ।

न्यायाधीश हेमन्त रावलको इजलासमा रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सुनील पोखरेल, अस्मिता कार्कीको तर्फबाट मनीषा श्रेष्ठ र उषा गिरी तथा शालिकराम पुडासैनीको परिवारका तर्फबाट सरकारी वकिलहरू यदु शर्मा, प्रकाश श्रेष्ठ तथा अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए ।

प्रकाशित मिति August 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।