अचानक रबिले प्रहरीलाई दिएको बयान बाहिरियो ! (भिडियो)

चितवन ९ भदाै– नेपाली टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले शालिकराम पुडासैनी र अस्मिता भनिने रुकु कार्कीबीचको सम्बन्ध आफूले केही दिन पहिला मात्र थाहा पाएको प्रहरीलाई वयान दिइसकेका छन् ।

न्यूज २४ का १ जना क्यामरा पर्सनको माध्यमबाट आफूले शालिकरामको प्रेमिका भएको र उनले शालिकरामबाट धेरै पीडा व्यहोरेको बताएका छन्

प्रहरीसँगको बयानमा सञ्चारकर्मी लामिछानेले घटना हुनुभन्दा दुई तिन दिन अघिमात्र न्यूज २४ का १ जना क्यामरा पर्सनको माध्यमबाट आफूले शालिकरामको प्रेमिका भएको र उनले शालिकरामबाट धेरै पीडा व्यहोरेको बताएका छन् ।

करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो।

यस्तो छ रविले प्रहरीलाई दिएको वयान–कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे।

करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।