चितवनमा जारी गरियो निषे*धाज्ञाः रवि लामिछाने छुट्छन कि जेल जान्छन् आजै फैसला..

थुनछेक बहस पनि आजै हुने सम्भावना रहेकाे र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले माैलिक हक विपरीत निषे*धाज्ञा जारी गरेकाे छ । संविधानमा भएकाे माैलिक हक अन्तर्गत धारा १७ मा स्वतन्त्रताकाे हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रताकाे अधिकार दिएकाे छ । तर चितवन जिल्ला प्रशासनले भने माैलिक हकलाई समेत नजर अन्दाज गरी शान्तिपूर्वक भेला हुन समेत निषे*ध गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेकाे एक आदेशमा साेमबार बिहान ६ बजेदेखि लागू हुने गरी भेला र प्रदर्शनमा राेक लगाएकाे छ । जारी आदेशमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

सोमबार बिहानदेखि लागू हुनेगरी सुरक्षा व्यवस्था थप कडा पारेको छ । चितवन जिल्ला सुरक्षा समितिकाे बैठकले आइतबार साेमबार बिहान ६ बजेदेखि लागू हुने गरी सुरक्षा व्यवस्था थप कडा पारेको जानकारी दिएको हाे ।

आइतबार जारी गरेकाे आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ काे (३) ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको हाे । उक्त दफामा परिस्थितिजन्य अवस्थामा कसैलाई कुनै काम गर्न दिनबाट नि*षेध गर्ने उल्लेख गरिएकाे छ ।

तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ । ऐन अनुसार यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कै*द वा दुबै सजाय तोक्न सक्नेछ ।

पत्रकार शालिकराम पुडासैनी प्रकर*णका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको अदालती बयान आज हुँदैछ । उक्त प्रक*रणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।

पुडासैनीलाई आ*त्मह*त्या गर्न दुरुत्सा*हन गरेको अभियो*गमा पक्रा*उ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । थुनछेक बहस पनि आजै हुने सम्भावना रहेकाे र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रकाशित मिति August 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।