प्रभाससँग रोमान्स गर्न ज्याक्लिनले लिइन् यति महँगो पारिश्रमिक

पाेखरा ७ भदाै- प्रभास र श्रद्धा कपुर स्टारर ‘साहो’का नयाँ र रोचक तथ्य बाहिरिदैं छन्। फस्ट लुकदेखि हुँदै ट्रेलरसम्म आइपुग्दा सिनेमाले चर्चा मात्र बटुलिरहेको छ।

सिनेमाको यस्तो चर्चाका कारण अगस्ट ३० को रिलिज मिति जतिसक्दो छिटो आओस् भन्नेमा यस सिनेमाका फ्यानहरू छन्।

करिब ३५० करोड भारूको बजेटमा तयार भएको यस सिनेमाले करिब ३०० करोड रिलिज अगावै कमाइसकेको छ। सिनेमाको यस्तो चर्चाका कारण अगस्ट ३० को रिलिज मिति जतिसक्दो छिटो आओस् भन्नेमा यस सिनेमाका फ्यानहरू छन्। सिनेमाले सेटेलाइट अधिकार बेचेर यो रकम कमाइसकेको हो। हालकै केहि दिन पहिले सिनेमाको नयाँ गीत रिलिज भयो।

सिनेमा रहेको ‘ब्याड व्वाई’ बोलको गीतमा प्रभासले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग रोमान्स गरेका छन्। सो गीतमा प्रभास हट देखिएका छन् भने ज्याकलिन बोल्ड तथा ग्ल्यामरस अवतारमा देखिएकी छन्।

सिनेमा रहेको ‘ब्याड व्वाई’ बोलको गीतमा प्रभासले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग रोमान्स गरेका छन्। सो गीतमा प्रभास हट देखिएका छन् भने ज्याकलिन बोल्ड तथा ग्ल्यामरस अवतारमा देखिएकी छन्। सिनेमामा प्रभासले श्रद्धासँग जोडी बाँधेको भएपनि ज्याकलिनसमेत रहेको रहस्यद्घाटनले दर्शकका लागि नयाँ कौतुहलता थपेको छ।

सिनेमामा उनी अतिथि भूमिकाका छिन् या उल्लेख्य भूमिकामा भन्ने कुरा सिनेमा रिलिजपछि थाहा हुनेछ। तर सो सिनेमाका लागि ज्याकलिनले महँगो पारिश्रमिक लिएको खुलासा भएको छ। सो गीतका लागि ज्याकलिनले २ करोड भारू लिएको बताइन्छ। उनले २ करोड लिएको गीत हाल भारतमा ट्रेन्डिङमा रहेको छ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।