यी खानेकुरा फ्रिजमा नराख्नुहोस् स्वास्थ्यलाई हुन्छ ठुलो हानी !

गर्मीको समयमा खाना छिट्टै बिग्रने गर्छ । त्यसैले खाना बिग्रन नदिनको लागी खानालाई फ्रिजमा राखिने गरिन्छ । तर कतिपय खानाहरु हामीले फ्रिजमा राख्दा त्यस्ता खानेकुराहरु स्वास्थ्यको लागी निकै हानिकारक हुने गर्छन् । कतिपय खानेकुराहरु फ्रिजमा राख्दा तिनीहरुमा रहेको पौष्टिक तत्वहरु नष्ट भएर जान्छन् ।

स्याउ फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ । राख्ने नै हो भने कागजमा लपेटेर राख्नुपर्छ

फ्रिजमा राख्न नहुने खानेकुराहरु यस्ता छन्
टमाटर
फ्रिजमा राख्दा टमाटर भित्रको ‘मेम्ब्रन’ टुट्छ र टमाटर चाँडै गल्छ अनि बिग्रिन्छ ।

पाउरोटी
फ्रिजभित्रको चिसो तापक्रमले पाउरोटीमा डिहाइड्रेसनको प्रक्रिया छिटो हुन्छ । यसबाट पाउरोटी चाँडै सुक्छ र बिग्रन्छ ।

अण्डा
धेरै दिनसम्म अण्डालाई फ्रिजमा राख्दा यसको योक सुक्छ र न्युट्रियन्स कम हुन सक्छ ।

केरा
यसबाट इथाइलिन ग्यास निस्किन्छ जसले आसपासका फलहरुलाई चाँडै पकाइदिन्छ ।

निबुवा र सुन्तला
यसमा साइट्र एसिड हुन्छ, त्यसैले फ्रिजभित्रको चिसो सहन सक्दैन । फ्रिजमा राख्दा यसमा दाग आउछ र स्वाद पनि फेरिन्छ ।

मह
फ्रिजमा राख्दा मह गाढा हुन्छ र यसमा क्रिस्टल बन्न थाल्छ ।

स्याउ
फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ । राख्ने नै हो भने कागजमा लपेटेर राख्नुपर्छ ।

हरियो पत्ता भएका फलफुल
केही दिनसम्म फ्रिजमा राख्दा पत्ता सुक्छ र तरकारी चाँडै बिग्रिन्छ ।

प्याज
प्याजमा चिसोपना धेरै हुन्छ र फ्रिजमा राख्दा यसको बोक्रा गल्छ ।

जैतुनको तेल
जैतुनको तेल (ओलिभ आयल) खान मात्रै होइन, कपाल र शरीरमा प्रयोग गर्न खरिद गरिन्छ । तर, यसलाई कहिल्यै फ्रिजमा राख्नु हुँदैन । कम तापक्रममा राख्दा यस्तो प्राकृतिक गुण नष्ट हुन्छ । सूर्यको प्रकाश, ग्यास स्टोभको आसपासमा पनि यसलाई राख्नु हुन्न ।

ब्रेड
त्यसो त ब्रेड तयार भएको दुई या तीन दिनभित्र खानुपर्छ । तर, पिज्जा ब्रेड, बर्गर ब्रेडलगायत केही दिन सुरक्षित राख्न चाहने हो भने फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा ब्रेड सुक्खा हुन्छ । प्लास्टिकमा बेरेर फ्रिजरमा मात्रै भने राख्न सकिन्छ । तर, खानुअघि फ्रिजरबाट निकालेर केही बेर बाहिरी वातावरणमा राख्नु राम्रो हुन्छ ।

तरबुजा
काटेपछि तरबुजा र खरबुजा फ्रिजमा राख्न सक्रिन्छ तर सिंगो दानालाई कहिल्यै फ्रिजमा नराख्नुहोस् । यो फलमा अत्यधिक एन्टिअक्सिडेन्ट हुन्छ, जुन फ्रिजमा राखेपछि बिग्रिन्छ । काँक्रो, तरबुजा र खरबुजा खानुअघि एकैछिन भने चिसो बनाउनका लागि मात्रै फ्रिजमा राख्न सकिन्छ ।

फ्रिजमा राखेको पेय पधार्थ पिउदा शरीरमा पुग्ने असर

चिसो पानीले ‘भेगस नर्भ’उत्तेजित पार्छ । भेगस नर्भको काम शरीरको पराधीन कामलाई नियन्त्रित गर्नु हो । यसले मुटुको गति कम गर्न मध्यस्थता गर्छ । चिसो पानीले भेगस नर्भ उत्तेजित पारेपछि मुटुको गति कम हुन थाल्छ

पाइल्स तथा आन्द्रा सम्बन्धी समस्या
जसरी फ्रिजमा खानेकुरा राखेको केही समयमै जम्ने गर्छ । त्यसैगरी वरफ वा चिसो पेय पदार्थले पेटको फोहोर जमाएर कडा बनाइदिन्छ । जसका कारण कब्जियत तथा आन्द्रा सम्बन्धी समस्या निम्तिने गर्छ । साथै भविष्यमा यसबाट पाइल्स, आन्द्रा सम्बन्धि ठूलो समस्या निम्तन सक्छन् ।

घाँटी खराब
चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ । श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुन पुग्छ । यसले घाँटी खराब हुने खतरा बढाउँछ ।

पाचनमा बाधा
फ्रिजमा राखिएको अत्यधिक चिसो पानी पिउँदा पाचन प्रक्रियामै बाधा उत्पन्न हुन्छ । चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ । यसले पाचन पक्रिया गति सुस्त बनाउँछ । खाएको कुरा ठीक तरिकाले पाचन भएन भने खानामा भएका पोषक तत्व शरीरले पाउँदैन ।

पोषक तत्व नष्ट
मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ । खाएको पदार्थ पचाउन र पोषक तत्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

मुटुको गति कम
बरफ या चिसो पानी पिउँदा मुटुको गति कम हुने खतरा पनि रहन्छ । चिसो पानीले ‘भेगस नर्भ’उत्तेजित पार्छ । भेगस नर्भको काम शरीरको पराधीन कामलाई नियन्त्रित गर्नु हो । यसले मुटुको गति कम गर्न मध्यस्थता गर्छ । चिसो पानीले भेगस नर्भ उत्तेजित पारेपछि मुटुको गति कम हुन थाल्छ

प्रकाशित मिति June 10, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।