मिरुना मगर भन्छिन्: मलाई मिडियाले नै फ्लप लेखिदिए

पाेखरा ५ भदाै- नेपाली अभिनेत्री मिरुना मगर अभिनित ३ चलचित्र असफल भए । डेब्यु चलचित्र ‘लालपूर्जा’बाट नै असफलताको सुरुवात गरेकी हुन् ।

मिरुनालाई प्रश्न थियो, ‘फ्लपमा ह्याट्रिक नै गर्नुभयो । यो चलचित्रबाट फ्लपको ट्याग हट्ला ?’ यस प्रश्नमा उनले भनिन्, ‘मलाई फ्लप लेखिदिने मिडिया नै हो । हटाउने काम पनि मिडियाले नै गर्नुहुन्छ । मैले अडियन्सको माया पइरहेको छु । निरन्तर काम पाइरहेको छु । अब यसलाई पनि फ्लप भन्नुहुन्छ भने त म समचार पढ्छु बस्छु ।’

उनले रोज र साइनोबाट पनि असफलता नै ब्यहोरिन् । लगातार ३ चलचित्र असफल भएपछि मिरुनालाई फ्लप नायिकाको ट्याग लाग्यो । मिरुना आफूलाई मिडियाले मात्रै फ्लप देखेको बताउँछिन् । उनी अभिनित चलचित्र ‘च च हुई’को गीत रिलिज कार्यक्रममा उनले यो कुरा बोलेकी हुन् ।

कार्यक्रममा मिरुनालाई प्रश्न थियो, ‘फ्लपमा ह्याट्रिक नै गर्नुभयो । यो चलचित्रबाट फ्लपको ट्याग हट्ला ?’ यस प्रश्नमा उनले भनिन्, ‘मलाई फ्लप लेखिदिने मिडिया नै हो । हटाउने काम पनि मिडियाले नै गर्नुहुन्छ । मैले अडियन्सको माया पइरहेको छु । निरन्तर काम पाइरहेको छु । अब यसलाई पनि फ्लप भन्नुहुन्छ भने त म समचार पढ्छु बस्छु ।’

मिरुनालाई मिडियाले यत्तिकै फ्लपको ट्याग दिएको होला त ? उनी अभिनित चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको थिएन भने समीक्षात्मक रुपमा राम्रो रेस्पोन्स पाएको थिएन । मिरुनाले मिडियालाई दोष दिनुभन्दा असफल हुनबाट जोगिने उपाय खोज्दा वेश होला कि ?

याे पनि पढ्नुहाेस्ः
सर्वदलीय बैठकमा प्रधानमन्त्रीः प्रतिगमनकारीको चर्को स्वर सुनियो, हामी एक होऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयतासँगै संविधानमाथि प्रहार भइरहेको भन्दै प्रमुख राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन् । सरकार गठन भएपछि १८ महिनापछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री ओलीले प्रगतिमनकारीहरुको स्वर चर्को भएको भन्दै गणतन्त्र, संघीयताका लागि लडेका दलहरु एकतावद्ध हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

आइतबार मात्र संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष ओलीले राजतन्त्र फर्काउँछौं भनेर उफि्रएको भन्दै बेमौसमको बाजा नबजाउन आग्रह गरेका थिए । त्यसको दुई दिनपछि संसदमा भएका प्रमुख चार दलको बैठक बोलाएर यही मुद्दामा छलफल गरेका छन् ।

र बैठकमा ओलीले राजावादी र नेकपा विप्लव समूहप्रति आक्रमक देखिएका थिए । ‘प्रधानमन्त्रीले सविधानमाथि प्रहार भइरहेको छ, यसलाई क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको देखिएको छ । यसका निम्ति संघर्ष गर्ने पार्टीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्नुभयो’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने ।

‘प्रतिगमनकारीहरुले चर्को स्वर गरेका छन् । लोकतान्त्रिक व्यवस्थामाथि नै आक्रमण हुन थालेको छ’ भन्दै प्रधानमन्त्रीले बढी छुट दिएर पो हो कि भनेका थिए ।

यद्यपि प्रगतिगमन सन्निकट आइसक्यो भन्ने आफूहरुको निष्कर्ष नभएको श्रेष्ठले सुनाए । प्रधानमन्त्री ओलीले विप्लव समूहको हिंसात्मक गतिविधिविरुद्ध पनि दलहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।

जवाफमा कांग्रेस सभापति शेरबहदुर देउवा र राजपा नेताहरुले पनि संविधानको रक्षाका लागि एकतावद्ध रहेको बताए । ‘देउवा र अरुले पनि गणतन्त्र, संघीय लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्ने प्रश्नमा एकतावद्ध छौं । यसमा प्रहार भयो भने सहन गर्दैनौं भन्ने व्यक्त गर्नुभयो’ प्रवक्ता श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो कसैप्रति आग्रह पूर्वाग्रह नभएको बताएका छन् । विगतलाई हेरेर आफूप्रति पनि मानिसहरुको विभिन्न धारणा रहेको भन्दै उनले तेरो मेरो नभनेर देश बनाउन एक हुनुपर्ने धारणा राखेका थिए ।

कांग्रेसले उठायो विधेयक सर्वदलीय बैठकमा प्रमुख विपक्षी कांग्रेसले संसदमा विचाराधीन विधेयकहरुको विषय उठाएको थियो ।

जवाफ प्रधानमन्त्री ओलीले सहमतिबाट अगाडि बढ्ने आश्वासन दिएका छन् । मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयकमा सहमति भइसकेको भन्दै उनले अरु विषयमा पनि समझदारीबाटै अगाडि बढ्ने बताएका छन् । राजपा नेताहरुले भने संविधान संशोधनको मुद्दा उठाएका थिए ।

नेकपा अध्यक्ष ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाउनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको बैठकपछि कांग्रेस नेता कृष्ण सिटौलाले बताए ।

प्रकाशित मिति August 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।