चर्चित नायिका सन्नी लियोनी नेपाल आँउने पक्का, भिडियो मार्फत् दिइन् जानकारी

फिल्म पासर्वडको गीत ‘आजको शाम’ मा आइटम डान्स गरेकी थिइन् । यही फिल्मको प्रिमियर प्रदर्शनका लागी काठमाडौँ आउन लागेकी हुन् ।

पाेखरा ४ भदौ- बलिउडकी चर्चित नायिका सन्नी लियानी नेपाल आँउने भएकी छन् । उनले फिल्म पासर्वडको प्रिमियर प्रदर्शनका बेला काठमाडौँ आउने भएकी हुन् । उनले फिल्म पासर्वडको गीत ‘आजको शाम’ मा आइटम डान्स गरेकी थिइन् । यही फिल्मको प्रिमियर प्रदर्शनका लागी काठमाडौँ आउन लागेकी हुन् ।

‘पासवर्ड’को ‘आजको शाम’ बोलमा अभिनय गरेकी सन्नीको गीत करिब ४० लाखले हेरिसकेका छन् । उक्त गीतको डान्सका लागी मात्र सन्नीले ३ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ । यसका लागि अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार भिडियो सन्देशमार्फत् उनी नेपाल आउने जानकारी दिएकी छन् ।

याे पनि पढ्नुहाेस्ः
बिना मेकअपका तस्विर शेयर गरेर फेरी चर्चामा आईन सुन्दरी नायिका काजल अग्रवाल

एजेन्सी -सिंघम फिल्मबाट डेब्यु गरेकी चर्चित नायिका हुन् काजल अग्रवाल । बलिउड अनि तेलेगु फिल्म इन्डस्ट्रीमा उनको ब्यस्तता बढ्दो छ ।

विना मेकअप खिचिएको तस्विर हो। तस्विर सेयर गर्दै उनले लेखेकी छिन्ः हामीले आफु जस्तो छौ त्यही स्वीकार्नु नै वास्तविक सौन्दर्य हो।’उनि साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् पंजावी परिवारमा हुर्केकी उनि सुन्दरताका कारण सदावहार चर्चामा नै रहँदै आएकी छिन् ।

नायिका अग्रवाल उनले रणदीप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६फिल्ममा पनि काम गरिसकेकी छन् । फिल्मका अबला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी काजलले इन्टाग्राममा आफ्ना बोल्ड अबतारका तस्विर शेयर गरेकी हुन्छिन् ।

पंजावी परिवारमा हुर्केकी बलिउड नायिका काजल सन् १९८५ जुन १९ मा जन्मेकी यि सुन्दरी सुन्दरताका कारण सदावहार चर्चामा नै रहँदै आएकी छिन् । उनको पहिलो तेलेगु फिल्म लक्ष्मी कल्यानम’ सन् २००७ मा रिलिज भयो। सोही वर्ष हिट भएको चन्दमामा’ले उनलाई चर्चित बनायो। हालै पनि उनले आफ्ना बिना मेकअप अपका तस्विर शेयर गरेर चचाएमा आएकी छिन् ।

प्रकाशित मिति August 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।