रवि लामिछानेको समर्थकविरुद्ध माताले गरिन् उजुरी

आचार्यले केही समय पहिले रवि लामिछानेलाई छ महिनासम्म दिन राम्रो नभएको भन्दै सचेत रहन म्यासेज पठाएकी थिइन्। उनले मुद्दा मामिला खेप्नुपर्ने हुनसक्छ भन्दै रविलाई फेसबुकमा म्यासेज पठाएकी थिइन्।

रवि लामिछानेको भविष्यवाणी गर्ने माता सबिता सरु शर्मा आचार्यले रविका समर्थकले आफूलाई गाली गरेको भन्दै जाहेरी दिएकी छन्। रवि लामिछानेका समर्थकले युट्युबमा आफूलाई तथानाम गाली गरेको भन्दै उनले सोमबार अपराध महाशाखामा जाहेरी दिएको प्रहरीले जनाएको छ।

उनले व्यक्ति किटानी नगरी अन्तर्वार्तामा गालीगलौज गरेर कमेन्ट गरेको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेकी छन्। कमेन्ट हेरेर घटनाको अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ। आचार्यले केही समय पहिले रवि लामिछानेलाई छ महिनासम्म दिन राम्रो नभएको भन्दै सचेत रहन म्यासेज पठाएकी थिइन्। उनले मुद्दा मामिला खेप्नुपर्ने हुनसक्छ भन्दै रविलाई फेसबुकमा म्यासेज पठाएकी थिइन्।

यसअघि प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीलाई गाली गर्ने व्यक्तिलाई भने प्रहरीले बाटैबाट छाडिदिएको छ। पप गायक शंकर विकलाई प्रहरीले अछाममा पक्राउ गरेर काठमाडौं ल्याउने क्रममा बाटैबाट छाडिदिएको हो। उच्चतहबाटै छाड्न आदेश आएपछि छाडिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए।

योपनि पढ्नुहोस्ः नेकपा भित्र एक्लीए नेपाल !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ ध्रुविकरण देखा परेको छ । पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिदै आएका छन् । नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण देखिएका हुन् ।

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ । सचिवालयकै नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन् । अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन् ।

नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्रै छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ ।

‘पार्टीभित्रको शक्ति केन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेको छ । पछिल्लो सचिवालय बैठकबाट पार्टीमा नयाँ समीकरण देखा परेको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘सचिवालयको निर्णयबाट सिनियर नेताहरूले कोसँग मिल्दा पार्टीभित्र आफूलाई सहज हुन्छ, उतैतिर मिलेर पोजिसन बनाउन खोजेजस्तो देखिएको छ ।’ समाचार अन्नपूर्ण पोष्ट्ले छापेकाे छ ।

प्रकाशित मिति August 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।