रवि लामिछाने तत्कालै रिहा हुने सम्भावना कम, अधिवक्ताले गरे खुलासा (भिडियोसहित)

तिनै जना विरुद्ध मृतक पुडासैनिका परिवारले आईतवार काठमाण्डौमार्फत किटानी जाहेरी पनि दिएका छन

अधिवक्ता गोपिलाल देवकोटाले पक्राउ परेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै रिहा हुने सम्भावना निक्कै न्युन रहेको बताएका छन । आईतवार चितवनमा पत्रकारसँगको कुराकानीमा अधिवक्ता देवकोटाले रवि तत्कालै छुट््ने सम्भावना कम रहेको बताएका हुन ।

रविमाथी फेरी म्याद थप हुनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन । रवि सहित युवराज कंडेल र अस्मिता कार्किमाथी चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ । थपीएको समय मंगलवार सकिनै लाग्दा अधिवक्ता देवकोटाले फेरी पनि म्याद थपिने सम्भावना रहेको बताएका हुन ।

पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा नाम मुछिएपछि उनिहरु काठमाण्डौबाट पक्राउ परेका हुन । तिनै जना विरुद्ध मृतक पुडासैनिका परिवारले आईतवार काठमाण्डौमार्फत किटानी जाहेरी पनि दिएका छन । पुडासैनि चितवनको भरतपुर महानगरपालिका १ नारायणढको होटल कंगारुमा गएको साउन २० गत्ते झुण्डि*एको अवस्थामा मृ*त फेला परेका थिए ।

हेराैँ भिडियोः

प्रकाशित मिति August 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।