पुडाशैनीको श्रीमतीले दिइन् रविविरुद्ध प्रहरीमा जाहेरी, प्रहरी कार्यालयमा सम्झना धरधरी रोइन्

चितवन १ भदौ- माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको घट८नामा पुडाशैनीको श्रीमती सम्झना घिमिरेले चर्चित टेलिभिजन कार्यक्रम रवि लामिछाने विरुद्ध उजुरी दिएकी छन् ।

प्रहरीले तीन दिन अघि नै सो घटनाको छानविन गर्न रवि लामिछाने सहित तीन जनालाई प८क्राउ गरी अनुसन्धान सुरु गरीसकेको छ । प्रकरणमा छानबिनका लागि प८क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले आइतवार किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा प८क्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृ८तककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह*त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अ*पराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएकी थिइन् । पुडाशैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झु८ ण्डिएको अवस्थामा मृ*त फेला परेका पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले यस्तो निर्णय लिएको बताएका थिए । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।

प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्रा*उ गरेको थियो

त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्रा*उ गरेको थियो ।चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

लामिछाने समर्थकले भरतपुरमा जम्मा भएर उनीहरुमाथि छानबिन र कारबाही नगर्न दबाब दिइरहेका छन् ।

लामिछाने समर्थकले भरतपुरमा जम्मा भएर उनीहरुमाथि छानबिन र कारबाही नगर्न दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरुले जिल्ला प्रहरी कार्यालयमा समेत तोडफोड र ढुंगामुढा गरेका छन् ।

प्रकाशित मिति August 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।