सुहानाको प्रतिक्षामा दर्शक

पाेखरा ३१ साउन- नेपाली नायिका सुहाना थापा डेब्यू चलचित्रबाट धेरै चर्चामा अाउन थालेकी हुन् । डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’ले बम्पर कमाई गरेपछि सुहानाको उचाई चुलियो ।

उनको परिवारले नै उनलाई अहिले अन्य ब्यानरका चलचित्रमा काम गर्ने अनुमती दिएको छैन । चलचित्र नेपालमा सफल भएपछि सुहाना विदेश भ्रमणमा छिन् । उनी, विश्वका विभिन्न देशमा आयोजित चलचित्रको प्रदर्शनमा सहभागी भैरहेकी छिन् ।

सुहानाको पहिलो चलचित्रमा काम हेरेपछि दर्शकले उनलाई प्रतिक्षा गरिरहेका छन् । सुहानाले पहिलो चलचित्रबाट नै दर्शक र समिक्षकको मन जितेकी थिइन् । उनी तत्काल बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने मुडमा त छैनन् । निर्मात्री तथा निर्देशक झरना थापा २ चलचित्रमध्ये कुन बनाउने दोधारमा छिन् ।

उनले जुन चलचित्र बनाएपनि नायिकाको रुपमा सुहाना थापा नै हुनेछिन् । झरनालाई वितरकहरुले ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहेका छन् । तर, उनको हातमा ‘भागवत गीता’को स्क्रिप्ट पनि छ । यो स्क्रिप्ट नायक अनमोल केसीले पनि सुनेका छन् । अनमोल यो चलचित्र गर्ने वा नगर्ने दोधारमा छन् ।

याे पनि पढ्नुहाेस्ः
साम्राज्ञी भन्छिन्–‘१५ लाख लिएपछि ४५ लाख फिर्ता गर्नुपर्छ भन्ने सोच आएनँ’

यतिबेला कलाकारको पारिश्रमिकको चर्चा खुबै छ । विशेषगरि, कलाकारले महंगो पारिश्रमिक लिएका कारण चलचित्र बन्न कम भएको हो भन्ने चर्चा पनि सुनिन्छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख पारिश्रमिक लिइन् । निर्मात्री पूनम गौतम पनि साम्राज्ञीको ब्रान्ड हेरेरै आफूले यति रकम दिएको बताउँछिन् ।

पछिल्लो समयमा कलाकारले पारिश्रमिक महंगो लिएपछि त्यसको केही गुणा बढी निर्मातालाई फिर्ता गर्न सक्नुपर्छ भन्ने खालका चर्चा पनि भएका छन् । के साम्राज्ञीलाई पनि यस्तै लाग्छ । उनी भन्छिन्–‘१५ लाख लिएपछि मेरै नामबाट त्यो रकम फिर्ता हुनुपर्छ गर्नुपर्छ भन्ने सोच त मलाई आउँदैन ।

कुनै चलचित्रमा मैले संझौता गरिसकेपछि राम्रो काम गर्छु भन्ने प्रतिवद्धता मैले दिन सक्नुपर्छ । मलाई साइन गर्ने टिमले पनि राम्रो काम निकाल्न सक्छु भन्ने प्रतिवद्धता लिनुपर्छ । हामीले राम्रो चलचित्र दर्शकमाझ प्रस्तुत गर्ने प्रतिवद्धता मिलेर गरेका हौं ।

हामीले प्रस्तुत गरेको चलचित्र दर्शकलाई मन पर्नुपर्यो ।’ साम्राज्ञीले महंगो पारिश्रमिक लिएपछि त्यसलाई फिर्ता गर्नुपर्छ भनेर आफूले कहिले नसोच्ने तर राम्रो काम गर्न सधै नै लागिपर्ने बताइन् । उनले चलचित्र ‘मारुनी’को कथा सुन्दा अरुको आँखा लाग्छ कि भनेर डर लागेको समेत बताइन् । उनले भनिन्–‘यो चलचित्रको कथा सुन्दा मलाई यति राम्रो स्क्रिप्टमा अरुको आँखा लाग्छ कि भनेर डर समेत लागेृकाे बताइन् ।

प्रकाशित मिति August 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।