आँचललाई ‘के उदिपसँग तपाइको प्रेम छ ?’ भनि सोध्दा दिइन् यस्तो जवाफ…

नायिका आँचल शर्माको चलचित्रसँगै उनको व्यक्तिगत कुराले पनि निकै चर्चा पायो । पछिल्लो समयमा आँचल आफैले उदिप श्रेष्ठ नाम गरेका एक यूवकसँगको तस्वीर सार्वजनिक गरेपछि चलचित्र बजारमा उनीहरुको प्रेमको चर्चा निकै चल्यो ।

आँचल र उदिप एक अर्कालाई मिस गर्छन् । दुबै जना टाढा हुँदा एक अर्कालाई मिस गरेको स्टाटस इन्स्टाग्राममा पोष्ट गर्न डराउँदैनन् । यसैले पनि दुइको प्रेमको चर्चा चल्नु स्वभाविक नै हो ।

अनलाइनखबरले आँचललाई उदिपसँग तपाइको प्रेम हो भनेर सोधेको प्रश्नमा आँचलले भनिन्–‘मैले प्राय केटा साथी नबनाउने भएकाले पनि अहिले मानिसहरुलाई उदिपसँगको तस्वीर राख्दा त्यस्तो लागेको होला । तर, उदिप र म निकै नै नजिकको साथी भएका छौ । अहिले हामी नजिक छौ ।’

के यसलाई प्रेमको भाषा भन्न सकिन्छ, आँचलले भनिन्–‘अहिले नै प्रेम छ भनेर भनिहाल्न नमिल्ला । भोली जे पनि हुनसक्छ । मलाई उहाँ राम्रो लाग्न थाल्नुभएको छ । म केही समयपछि नै यो बिषयमा आफै सबै कुरा सार्वजनिक गर्नेछु ।’

आँचल र उदिपको भेट ३ बर्ष अगाडि भएको थियो । एकजना नजिकका साथीबाट उनीहरुको भेट भयो । तर, उनीहरु नजिक भएको गतबर्षको दशैंपछि हो । आँचलले भनिन्–‘गतबर्षको दशैंपछि हामी नजिक हुन थालेका हौं । दुबै जना टाढा हुँदा मिस हुन्छ ।’

उदिप पेशाले डाक्टर हुन् । उनी केही दिन अगाडि भारत पुग्दा पनि आँचलले आफूले मिस गरिरहेको र चाडै आउन भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् । पछिल्लो समयमा आँचलको इन्स्टाग्राममा उदिपसँगको तस्वीर निकै सार्वजनिक भैरहेको छ । यस्ले पनि स्पष्ट पार्छकी उनिहरू पक्कै प्रेममा छन् ।

प्रकाशित मिति August 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।