कृष्णले आफ्नै खुट्टामा मुम्बई शहर घुम्दै…

पाेखरा २५ साउन- हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भए । यतिबेला रुपासंग मुम्बई घुमफिर गरिरहेका छन् । उनको यो दृश्यले सहयोगी मनहरु हर्सित भएका छन् ।

खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा छन् । उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका हुन् ।

उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका छन् । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका छन् ।

कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले मुम्बई घुमिरहेका छन् । अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् । अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् ।

याे पनि पढ्नुहाेस्ः

टिका सानु माथी लाग्यो गम्भीर आरोप :सम्झना भण्डारीले गाएको गीतमा कसरी आयो टिकाको नाम?टिका सम्पर्क बिहिन !

नेपालमा पछिल्लो समय लाइभ दोहोरीमा भाइरल भएकी गायिका टिका सानु र सम्झना बीचको बिबाद बाहिरिएको छ। सम्झनाले गाएको गीत टिका सानुको नाममा आएपछि सम्झना भण्डारी आक्रोसित हुदै मिडियामा आएकी हुन्। केहि दिन अगाडी सम्झना भण्डारीले गाएको तीज गीतमा टिका सानुले जानी जानी भिडियोमा लिप्सीङ्ग दिदै कमजोरी गरेको र टीकालाई फोन गर्दा समेत न- उठेको सम्झनाको बताइन् ।

साधारण रुपमा पनि एक गायिकाले गाएको गीत अर्को गायिकाको नाममा आउनु भनेको कलाकारको अपमान हुनु हो भन्दै सम्झना अब केस लड्न जाने समेत चेतावनी दिएकी छिन। आफु अन्यायमा परेको भन्दै न्याय माग्न अब कानुनको साहारा लिने उनको चेतावनी छ।

प्रकाशित मिति August 10, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।