साङ्गलो चुडाउन खोज्दा–खोज्दै ‘द्रोण’ हात्तीको दर्दनाक मरण (भिडियसहित)

द्रोण नामक ३७ वर्षेको हात्ती केही समयदेखि बिमारी थियो । त्यहाँका माउतेहरुले स्थानीय अधिकारीलाई हात्तीको उपचार गर्न भेटेरेनरी डाक्टर पठाउन आग्रह गर्दागर्दै पनि अटेर गरेपछि हात्तीको दर्दनाक मरण

एउटा मत्त हात्तीले बाँधेको साङ्गलोबाट मुक्त हुने कोशिश गर्दागर्दै हृदयविदारक रुपमा प्राण त्याग गरेको छ । दक्षिण भारतको कर्णाटक राज्यमा रहेको नागरहोल राष्ट्रिय निकुञ्जमा साङ्गलोले बाँधिएको सो हात्तीले अन्तिम स्वास रहुन्जेलसम्म साँग्लोबाट मुक्त हुन खोजिरहेको थियो । अन्ततः त्यही साङ्गलोले बाँधिएकै अवस्थामा त्यो हात्तीले प्राण त्याग गर्यो।

हात्तीको रेखदेख गर्ने माउतेका अनुसार द्रोण नामक ३७ वर्षेको हात्ती केही समयदेखि बिमारी थियो । त्यहाँका माउतेहरुले स्थानीय अधिकारीलाई हात्तीको उपचार गर्न भेटेरेनरी डाक्टर पठाउन आग्रह गर्दागर्दै पनि अटेर गरेपछि हात्तीको दर्दनाक मरण भएको उनीहरुले आरोप लगाएका छन् ।

हाल भाइरल भएको यो भिडियोमा खुट्टामा साङ्गलोले बाँधिएको हात्तिले साङ्गलोबाट उम्किन हर प्रयास गरेको देखिन्छ । साङ्लो चुडाउन नसक्दा अन्ततः गल्र्याम्मा भुइमा ढल्छ । ४ टन वजन रहेको हात्ती भुइमा ढलेसँगै उसको मृत्यु हुन्छ ।

भिडियो

प्रकाशित मिति August 10, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।