साम्राज्ञीलाई सारी लगाउनै झण्झट ?

पाेखरा २४ साउन-नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । केही हप्तायता उनी फिल्मका कारणले भन्दा पनि व्यक्तिगत कारणले चर्चामा थिइन् ।

साम्राज्ञीलाई सोधियो – सारीमा हिँड्दा कत्तिको सहज महसुस गरिरहनुभएको छ? उनले भनिन्, ‘सारी लाउँदा राम्री देखिन्छ तर असहज महसूस हुन्छ, हिल लगाएर हिँड्दा झनै गाह्रो हुन्छ ।’

अहिले भने साम्राज्ञी फिल्ममय बनेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘मारुनी’ भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी एक प्रेमिकाका रुपमा देखिन् । योसँगै दशैँमा रिलिज हुने भनिएको चलचित्र ‘रातो टीका निधारमा’ मा पनि उनलाई देख्न सकिनेछ ।

बिहीबार राजधानीमा चलचित्र ‘रातो टीका निधारमा’ फिल्मको गीत रिलिज कार्यक्रममा थियो । कार्यक्रममा साम्राज्ञी हरियो सारीमा सजिएर आएकी थिइन् ।

त्यसैले पनि होला, धेरैको ध्यान उनको पहिरनमा गएको थियो । कार्यक्रम हुँदै गर्दा साम्राज्ञीलाई सोधियो – सारीमा हिँड्दा कत्तिको सहज महसुस गरिरहनुभएको छ?

साम्राज्ञीले भने आफूलाई सारी लगाउँदा असहज हुने गरेको बताइन् । उनले भनिन्, ‘सारी लाउँदा राम्री देखिन्छ तर असहज महसूस हुन्छ, हिल लगाएर हिँड्दा झनै गाह्रो हुन्छ ।’

साम्राज्ञीलाई प्रायः बोल्ड रुपमा देखिन्छ । उनले यही लूकमा आफूलाई सहज हुने बताइन् ।

साम्राज्ञी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । छानेर मात्र फिल्म खेल्ने बताउने साम्राज्ञीले ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवैको भूमिका राम्रो लागेकाले फिल्ममा अभिनय गर्न राजी भएको बताइन् ।

याे पनि पढ्नुहाेस्ः

आदिवासी जनजातिको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित

अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासी तथा जनजातिसँग सम्बन्धित संघ तथा संस्थाको विरोध कार्यक्रमकका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आदिवासी जनजातिको विरोध कार्यक्रमका कारण काठमाडौं उपत्यकाका ४ ओटा रुपको सवारी आवागमन प्रभावित भएको हो ।

ट्राफिक प्रहरीले आवागमन प्रभावित हुने रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग प्रयोग अनुरोध गरेको छ । लट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले काठमाडौं उत्पकाका निम्न रुटहरुको सवारी आवागमन प्रभावित भएको छ,

– तीनकुने–मुनिभैरव हुँदै चल्ने रुट
– लगनखेलबाट एकान्तकुना हुँदै चल्ने सवारीसाधनलाई जावलाखेल हुँदै एकान्तकुनातर्फ पठाइएको छ,
– बल्खुबाट कालीमाटीतर्फ चल्ने सवारीसाधनहरुलाई बल्खु( कलंकी हुँदै कालिमाटीतर्फ पठाइएको छ,

– बानेश्वरबाट माइतीघरतर्फ चल्ने सवारीसाधनहरुलाई थापागाँउ, अनामनगर, हनुमानथान, पतलीसडकतर्फ पठाइएको छ,
– भद्रकालीबाट सिंहदरबार माइतिघरतर्फ आउने सवारीसाधनहरुलाई त्रिपुरेश्वरतर्फ पठाइएको छ,

प्रकाशित मिति August 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।