यी हट युवतीले ६ वर्षको मेहनतपछि २० इन्चको कम्मर बनाइन्

पाेखरा २४ साउन- सुन्दर र आकर्षक शरीर बनाउन जो कोही रुचाउँछन् । अझ मोडलहरु आफूलाई मोटोपन हुनबाट टाढा राख्न विभिन्न उपाय अपनाइरहेका हुन्छन् ।

एक भनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले पनि आफ्नो शरी बनाउन ६ वर्ष मेहनत गरिन् । अहिले उनको शारीरिक बनावट देखेर जो कोही अचम्मित पर्छन् । उनका शरिरका अन्य अंग मोटो भए पनि कम्मर भने निकै पातलो छ ।

कम्मर घटाउन उनले ६ बर्षसम्म मेहनत गरेकी हुन् । अन्य युवतीभन्दा फरक देखिन उनको इच्छा थियो । यही इच्छाअनुसार उनले कम्मर घटाउन थालेकी हुन् ।

उनको कम्मरको साइज २० इन्च छ । कम्मर घटाउनका लागि उनले दैनिक २३ घण्टा कसिलो (टाइट) कपडा लगाउथिन् । साथै उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् ।

हेर्नुहाेस् उनकाे फाेटाेः

याे पनि हेर्नुहाेस्ः

राष्ट्रिय परिचय पत्र वितरण तत्काल स्थगित गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भइरहेकै बेला परिचय पत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको आरोप लगाए ।

उनले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेको दावी गर्दै त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

अर्बौंको बजेट खर्च गरेर परिचय पत्र छपाईको काम सरकारले सुरु गरेपनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरित रहेकाले त्यसबारे सरकारले स्पष्टिकरण दिनुपर्ने काँग्रेस सांसद बडुको भनाइ छ ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले कानुन विपरित राष्ट्रिय परिचय पत्र विवरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाए । उनले कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो ? भनि सरकारलाई प्रश्न गरे ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको बताए । उनले समितिमा बिचाराधिन नागरिकता विधेयक र राष्ट्रिय परिचय पत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अघि बढाउनु पर्ने बताए ।

बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले त्यसलाई खारेज गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति August 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।