छोरी जन्मिदा चित्त नबुझेपछि, अस्पत्तालमै छोडेर भागे श्रीमान

२४ साउन- छोरा- छोरीप्रतिको विभेद अहिलेसम्म हराएकाे छैन । यस्तै विभेदमा एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माएकी थिइन् ।

अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्म्दा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर गए ।

श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन ।

याे पनि पढ्नुहाेस्ः

सुदूरपश्चिम सरकारले गौरा पर्वमा सार्वजनिक विदा दिएन

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशबासीको महत्वपूर्ण चाँड गौरा पर्वमा सार्वजनिक विदा नदिएपछि आलोचना भएको छ। साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण पर्वहरुमा विदा दिने निर्णय गरेको भएपनि गौरा पर्व नसमेटिएपछि आलोचना भईरहेको छ।

मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्दै साउन ३० गते पर्ने रक्षा बन्धन, भाद्र २ गते परेको अँटवारी पर्व, पौष १० गते परेको भुँवा पर्व र माघ १ गते परेको माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिएको छ तर गौरा भाद्र ६ गते परेको गौरा पर्वमा भने विदा नै दिईएको छैन्।

गौरा पर्व सुदूरपश्चिमबासीको सांस्कृतिक पहिचान झल्काउने पर्व भएपनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएपछि चौतर्फी आलोचना भएको छ। कैलाली जनपुस्तकालयका अध्यक्ष एव्म उपप्राध्यापक टिएन जोशीले सुदूरपश्चिमलाई राष्ट्रिय स्तरमा चिनाउने पर्व गौरा भएपनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएर प्रदेशबासीमाथी अन्याय गरेको बताए।

जोशीले विगतमा संघिय सरकारले समेत गौरा पर्वमा सार्वजनिक विदा दिदै आएकोमा प्रदेश सरकारले विदा नदिनु दुःखद पक्ष भएको जनाउँदै निर्णय सच्याउन सरकारसंग आग्रह गरे। यस्तै गोदावरी साहित्य तथा संस्कृती प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले पनि गौरा पर्व सुदूरपश्चिमबासीको सबैभन्दा पूरानो र वैदिक सांस्कृतिक पर्व भएकाले प्रदेश सरकारले विदा नदिनु आपत्तीजनक विषय भएको बताए।

उनले गौरा पर्व नै सुदूरपश्चिमको पहिचान भएकाले प्रदेश सरकारले तुरुन्त विदा दिनुपर्ने नभए समाजमा गलत सन्देश प्रवाह हुने उनको सुझाव छ। गैरा पर्व सिङ्गो नेपालकै वैदिक संस्कृती भएकाले नै विगतमा संघिय सरकारले समेत विदा दिदै आएको बताउँदै उनले प्रदेश सरकारले तत्काल निर्णय गरी विदा दिनुपर्ने जोशीले बताए। गौरा पर्वमा सार्वजनिक विदा नदिएको भन्दै सामाजिक सञ्जालमा समेत प्रदेश सरकारको विरोध भईरहेको छ।

प्रकाशित मिति August 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।