‘बोल्ड’ एण्ड ब्युटी नीता, हेर्नुहोस् १३ तस्वीर

काठमाडौं – नीता ढुङ्गानालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा लिइन्छ । तर, चर्चाको हिसाबले नीता कमै चर्चामा आउँछिन् । पछिल्लो समय उनका फिल्म पनि रिलिज भएका छैनन् । अरु नायिकाहरु फिल्ममा जम्न नसके म्युजिक भिडियोमा भए पनि अभिनय गर्ने गरे पनि नीता भने म्युजिक भिडियोमा पनि जम्न सकेकी छैनिन् ।

बरु पछिल्लो समय उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ ।

सामाजिक सञ्जालमा खासै उपस्थिति नदेखाउने नीताले इन्स्टाग्राममा भने तस्वीरहरु शेयर गर्ने गर्छिन् । नीताले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ ।
हेर्नुहोस् तस्वीरहरू:

योपनि पढ्नुहोस्
मेस्सी र रोनाल्डोलाई जित्लान मानेले ?

च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डमा मेस्सी र रोनाल्डो दुवै परेका छन् । तर, उनीहरुलाई टक्कर दिने अर्का खेलाडी पनि लिस्टमा अँटेका छन् । मेस्सी र रोनाल्डोलाई टक्कर दिने अर्का स्टार हुन लिभरपुलका साडियो माने ।

युरोपियन फुटबल महासंघ (युएईएफए) ले बिहीबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको मनोनयनमा लिभरपुलका साडियो माने, मेस्सी र रोनाल्डोसँगै स्ट्राइकरको उपाधिका दावेदारमा देखिएका हुन् ।

धेरैका लागि यो खबरले झस्काउन सक्छ । तर, यो सिजनको रेकर्ड हेर्दा त्यस्तो नलाग्न सक्छ । किनभने, च्याम्पियन लिगमा सुपर स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको भन्दा उत्कृष्ट रेडर्क छ, साडियो मानेको । यो सिजनमा लिभरपुलका लागि १४ गोल गरेका सेनेगलका खेलाडी मानेले अघिल्लो सिजनमा १० गोल गरेका थिए ।

च्याम्पियन लिगमा मानेले औसत ९५ मिनेटमा गोल गरेका छन् । यो रेकर्ड मेस्सी र रोनाल्डोको रेकर्ड भन्दा बढी हो । जबकी रोनाल्डोको रेकर्ड १०७ मिनेट र मेस्सीको रेकर्ड १२७ मिनेटमा एक गोल रहेको छ ।

प्रकाशित मिति August 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।