बलिउड नायिका शमाकाे १७ हट अवतारले धमाका मच्चायाे

२३ साउन- वेव सीरीज ‘माया’ सुरु भएपछि थप चर्चा पाएकी बलिउड नायिका शमा सिकन्दर सामाजिक सञ्जालमा बोल्ड फोटो पोस्ट गरेर आफ्ना प्रसंसकका् विचमा चर्चित छिन् ।

इन्स्टाग्राममा निकै सक्रिय शमा प्राय बोल्ड तस्विर पोस्ट गर्छिन् । उनका तस्विरलाई दर्शकले राम्रो प्रतिक्रिया जनाउने गरेका छन् । कतिपयले भन्ने गरेका छन् ‘शमा बोल्ड फोटोकै कारण चर्चामा छिन्’ ३८ वर्षीय यी सुन्दरीको फिगर अहिले पनि चर्चाको विषय बन्ने गरेको छ ।

हेर्नुहाेस् उनकाे केही हट तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः

निजामती कर्मचारी र अनिवार्य अवकाश

लगभग २०४८ सालतिरको प्रसंग हो । तत्कालीन शिक्षा कार्यालय कास्कीका पियन कृष्णबहादुर खत्रीको उमेर हदका कारण अवकाश भयो । त्यतिबेला पियनलाई कार्यालय सहयोगी भनिदैनथ्यो । मिलाएर बोल्ने परिचरसम्म भन्थे । कार्यालयमा लामो समयसम्म काम गरेका उनी सबै जिशिअका सहयोगी र विश्वास पात्र थिए । उनको बिदाइमा मन्तव्य राख्दै गर्दा जिशिअ हरिहबोल खनाल डाँकै छोडेर रोए ।

शिक्षा निर्देशक डा. मोहनदेव भट्टराईले ‘अब उहाँ पियनबाट जनता बन्नुुभएको छ । भोलि नै जनता बनेर जिशिअको अगाडि सोफामा ड्याम्म बस्ने गरी आउने बाटो पनि त खुल्यो नि । यसैले बिदाइमा खिन्न मान्न, रुन जरुरी देख्दिनँ’ भनेका थिए । अहिले ती तीनै जना पात्र हामीमाझ छैनन् तापनि अवकाश हुँदाको परिदृश्य भने ताजा नै छ ।

निजामती किताबखानाले आर्थिक वर्ष २०७६/७७ मा कर्मचारी वैयक्तिक सूचना प्रणाली (पीआईएस्) का आधारमा यो वर्ष २९३८ जना कर्मचारी उमेर हदका कारण हुने अनिवार्य अवकाशको सम्भाव्य तिथिमिति सार्वजनिक गरेको छ । यसरी अवकाश पाउनेमा संकेत नम्बर ११२२५१ का राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरका कार्यक्रम निर्देशक रमिता मानन्धरदेखि संकेत नम्बर १०३९५१ का जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकका हलकारा मननाथ सिग्देलसम्म छन् ।

अवकाश नियम नै पूर्वाग्रही अहिले निजामती कर्मचारीको उमेर हद ५८ वर्ष कायम गरिएको छ । यो नियम नै अपुरो, अदुरदर्शी र अव्यावहारिक छ । संसारमा कर्मचारीको अवकाश उमेर हद कायम गर्दा औसत आयुलाई हेर्ने चलन छ । औसत आयु बढ्दा उमेर हद पनि बढ्छ । तर, हामीकहाँ ठीक यसको उल्टो पाइन्छ । पहिलो जनगणना १९६८ मा हाम्रो औसत आयु ४६ र उमेरहद ६० वर्ष थियो ।

सार्क राष्ट्रका तुलनामा हामीकहाँ कम उमेरमा नै अवकाश दिने गरिएको पाइन्छ । भारतमा अप्राविधिकको ६० र प्राविधिकको ६५, पाकिस्तान, मालदिभ्स, श्रीलंका र अफगानिस्तानमा ६० वर्ष, भुटानमा ६५ तथा बंगलादेशमा ५९ वर्षको उमेरहद कायम छ । चीन, जापान, मलेसियालगायतका एसियाका देशमा ६० वर्ष, फ्रान्स र सिंगापुरमा ६२ वर्ष, जर्मन, नेदरल्यान्ड र स्वीट्जरल्यान्डमा ६५ वर्ष तथा नर्वे र अमेरिकामा ६७ वर्ष छ ।

२०१८ मा औसत आयु ५२ वर्ष पुग्यो । २०२१ मा उमेर हद ६३ वर्ष पु-याइयो । २०३३ मा घटाएर ६० बनाइयो । २०४९ मा नयाँ निजामती सेवा ऐनमार्फत् अवकाश उमेर ६० बाट घटाएर ५८ वर्ष पु¥याइयो । २०४७ मा बहुदलीय व्यवस्था आएकाले पञ्चायती मानसिकताका कर्मचारीलाई सहजै हटाउने उपायका रूपमा उमेर हद २ वर्ष कम गरिएको थियो । जबकि त्यति बेला नेपालीको औसत आयु ५२ वर्ष थियो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालीको औसत आयु महिलाको ६७ र पुरुषको ६५ वर्ष पुगेको छ । हाल सालाखाला ७० कै आसपासमा पुगेको विभिन्न तथ्यांकले देखाएका छन् । आगामी वर्षमा औसत उमेर अझ बढ्दै जाने देखिन्छ । तर, पनि अवकाश उमेर भने साबिककै यथावत् छ ।

उमेर हदमा नै विविधता

राज्यकोषबाट तलबभत्ता खाने विभिन्न पेसाकर्मीको उमेर हदमा विविधता छ । सार्वजनिक प्रशासनभित्र पनि स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीको उमेर हद ६० वर्ष छ । यी सेवाको ६० हुनु र निजामतीको ५८ हुनुमा तात्विक कारण केही देखिँदैन । लहडी रूपमा उमेर हद कायम गरिने परिपाटी आजपर्यन्त कायम नै छ ।

विद्यालय शिक्षक, जसले आँखाले देख्नुपर्छ, हातले लेख्न सक्नुपर्छ, बोलेको सुन्नुपर्छ र फर्काउनुपर्छ, कक्षा कोठामा घुम्न पनि सक्षम हुनुपर्छ । उनीहरूको उमेर हद ६० वर्ष छ । अझ ज्ञान विज्ञानका नवीनतम् विधा र विधिबारे अद्यावधिक हुनुपर्ने, अनुसन्धानका क्षेत्रमा समेत सरिक भइरहनुपर्ने विश्वविद्यालयका प्राध्यापकको उमेर ६३ वर्ष तथा विभिन्न देश, परिवेश र घटनाको अध्ययनद्वारा नजिर केलाउँदै राज्यलाई दूरगामी असर पर्ने अन्तिम निर्णय गर्ने ओहदामा बसेका संवैधानिक पदाधिकारी तथा सर्वोच्च अदालतका न्यायाधीशको अनिवार्य अवकाश उमेर ६५ वर्ष छ ।

अर्कोतर्फ निजामती सेवामा शारीरिक तथा मानसिक रूपमा अशक्त भई यसले सरकारलाई सेवा दिन सक्दैन भनी अनिवार्य अवकाश भएका ५८ वर्ष उमेर काटिसकेका कर्मचारीलाई नै संवैधानिक पदमा नियुक्तिका लागि योग्य र सक्षम ठानी पुनर्नियुक्ति गरी ६५ वर्षसम्म कामकाज गर्ने अवसर दिइएको छ । निजामतीकै लागि अनुपयुक्त ठानिएको उमेर संवैधानिक निकायको कार्यकारीका लागि कसरी उपयुक्त ठानियो ? यी परस्परमा पटक्कै नमिल्ने विरोधाभाषपूर्ण नीति हामीकहाँँ आजपर्यन्त छ ।

छिमेकी चलन

सार्क राष्ट्रका तुलनामा हामीकहाँ कम उमेरमा नै अवकाश दिने गरिएको पाइन्छ । भारतमा अप्राविधिकको ६० र प्राविधिकको ६५, पाकिस्तान, मालदिभ्स, श्रीलंका र अफगानिस्तानमा ६० वर्ष, भुटानमा ६५ तथा बंगलादेशमा ५९ वर्षको उमेरहद कायम छ । चीन, जापान, मलेसियालगायतका एसियाका देशमा ६० वर्ष, फ्रान्स र सिंगापुरमा ६२ वर्ष, जर्मन, नेदरल्यान्ड र स्वीट्जरल्यान्डमा ६५ वर्ष तथा नर्वे र अमेरिकामा ६७ वर्ष छ ।

हामीकहाँ प्रशासन सुधार सुझाव समितिले २०७१ सालमा नै निजामती कर्मचारीको अवकाश उमेरहद ५८ बाट ६० वर्ष पु¥याउन न्यायोचित हुने सुझाव सरकारलाई दिइसकेको छ । त्यस्तै, लोकसेवा आयोगले समेत उमेरहद बढाउन उचित हुने राय सरकारलाई पहिल्यै दिइसकेको छ । तर, सरकार कसैका सुझाव, तर्क र आधार सुनी त्यसअनुरूप कानुन ल्याउने सुरमा देखिँदैन ।

अवकाशपछिको व्यवस्थापन

कर्मचारीका लागि अवकाश ‘मान्छेलाई मर्ने रहर हुँदैन, तर नमरेको सहर हुँदैन’ भन्ने गीतझैं भएको छ । किनभने, अधिकांश मानिस अवकाश हुने कुरासँग झस्किन्छन्, डराउँछन् र तर्सिन्छन् । एक अध्ययनले त उच्च पदस्थ पदाधिकारीमध्ये न्यूनतमले मात्र अवकाशपछिको पहिलो दशकसम्म पेन्सन खाएको देखाएको छ ।

अर्थात् पूरा पेन्सन खान नपाई कैयौं पदाधिकारी परलोक हुने गरेका छन् । पीर, चिन्ता, बदलिदो सामाजिक तथा पारिवारिक भूमिका, जिम्मेवारीविहीन अवस्थासमेतका कारण यसरी अवकाश पाउनेमा कुण्ठा, नैराश्यता र हीनताबोध आउन थाल्छ । कतिलाई त विगतका कामले पोल्न पनि थाल्छ ।

यसैकारण मानिस तनाव, पीडा र निराशामा बाँच्छन् । नेपाल सरकारका पूर्वसचिव विश्वप्रकाश पण्डित भन्छन् ‘काम, क्रोध, लोभ, मोह मानिसका शत्रु हुन् । यीमध्ये जब कुुर्चीको मोह आउँछ, तब मान्छेमा अहंकार बढ्छ । यसैका कारण कुर्ची गुम्ने भोभन्दा उसमा सहनशक्ति गुम्छ ।’ अवकाशलाई स्वाभाविक रूपमा लिनुपर्ने भन्दै उनी थप्छन् ‘धैर्यले बुद्धिलाई जित्नुपर्छ तर मोहले बुद्धिलाई जित्ने अवकाश हुँदा रुन्छन्, यो स्वाभाविक हो । म आफू पनि ३८ वर्ष जागिर खाएँ । सचिवबाट अवकाश पाएँ । निस्कने बेला खल्लो त लागेको थियो तर रोइएन । मोह वृद्धि हुँदा मात्र रुने हो । मसँग मोह नै आएन ।’

आज सामान्य दर्जाका कर्मचारीभन्दा उपल्लो दर्जा र खासगरी निर्णायक तहमा पुुगेकाको अवकाश जीवन खासै खुसी, सुखी देखिँदैन । तनाव, छटपटी र उकुसमुकुसबीच उनीहरू बाँचेका पाइन्छन् । खासगरी अवकाशपछिको व्यवस्थापनको तयारी नहुँदा यो अवस्था आउन सक्छ । नेपाल सरकारका पूर्वसचिव दीपेन्द्रविक्रम थापा भन्छन्, ‘अवकाशपश्चात् खिन्नता हुनुु प्राकृतिक कुरा पनि हो । धेरै वर्ष काम गरेको हुँदा पनि खिन्नता आउन सक्छ । अवकाशपछि के गर्ने भन्ने प्लान पहिल्यै बनाउनुपर्छ । यसो हुँदा अवकाशसँग डराउनुपर्दैन ।’

अवकाशलाई अतीतको सकारात्मक स्मरणका रूपमा लिन सके मात्र जीवन सुखी हुन्छ । ‘तपाईंले त धेरैलाई जिशिअ पनि बनाउनुभयो, उनीहरूले कत्तिको सम्झन्छन् ?’ भन्ने जिज्ञाशाको उत्तरमा पूर्वसचिव पण्डित थप्छन् ‘मलाई पनि विश्व पण्डित बनाउन धेरैले मद्दत गरे होलान् तर म ती सबैलाई सम्झन सके वा सकिनँ ? त्यस्तै अरूले पनि मलाई नसम्झेका हुन सक्लान्, त्यसमा मेरो कुनै आकांक्षा छैन । यस्ता कुरा ख्याल गर्न पनि हुँदैन ।’

शक्तिको अभ्यास गर्दै आएका एक्कासि शक्तिच्युत हुँदा आफूलाई समाल्न सक्दैनन् । यसैकारण निजामतीमा कार्यकारी पदमा बस्नका लागि पटकपटक लबिङ र लगानी गर्नेहरूको पनि लामै फेहरिस्त देखिन्छ । पूर्वसचिव थापा भन्छन्, ‘मान्छे कहिलेकाहीँ पावरसँग पनि रमाउँछ । पावर जाँदा खिन्नता आउँछ । अवकाशसँगै पावर जान्छ, नमस्कार जान्छ, गाडी जान्छ, आवास जान्छ पसलमा चिट चल्दैन । तर, म भने खिन्न भइन । अवकाश भएको भोलिपल्टै मैले टेम्पो चढें ।

मलाई देखेर कतिले ‘तपार्इं सचिव दीपेन्द्र नै हो ?’ पनि भने । सायद निजामतीमा थोरै अवधि (१३ वर्ष) काम गरेकाले होला मलाई व्यवस्थित हुन असहज भएन । मैले सचिव हुनुुअघि पनि पढाउँथे, सचिव हुँदा पनि पढाएँ, सचिवबाट अवकाश भएपछि पनि पढाएरै खाएको छु । तसर्थ, अवकासपछिको योजना पहिल्यै बनाउने हो भने अवकाशप्राप्त जीवन थप सहज र सुखमय हुन्छ ।’

अवकाशपछि साँच्चै कर्मचारी तनावमा नै हुनुपर्ने कारण के होला ? भन्ने जिज्ञासामा पूर्वसचिव भीम उपाध्याय ‘म सँधैका लागि यो पदमा छु भन्ने अहंका कारण अवकाशपछिको जीवन सुखमय नबनेको’ बताउँन्छन् । ‘जागिर खानुु मात्र ठूलो कुरा होइन, अवकाश हुनुभनेको ठूलो भारी बिसाउनु पनि हो’ भन्नुहुन्छ सेवानिवृत्त सहसचिव रुद्रप्रसाद पौडेल ।

उनले अनुसार ‘आफूले ३८ वर्ष जागिर खाँदा कुनै पनि दिन स्पष्टीकरण दिनु नपरेको, स्वाभाविक रूपमा पदको सदुपयोग गरेकाले जागिर छोड्दा रमाइलो लागेको थियो । ध्यान गर्नुपर्छ । नुर र नाद गाउँदै अन्तर आकाशमा यात्रा गर्न सके मात्रै अवकाशपछिको जीवन थप आनन्दमय बन्छ ।’

प्रकाशित मिति August 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।