‘रातो टीका निधारमा’ गीत : साम्राज्ञी र अंकितको गज्जबको केमेष्ट्रि (भिडियो)

पाेखरा २३ साउन- अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक भैइसकेकाे छ ।

बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–अभिनेता अंकित शर्मा फिचर्ड ‘मेरो माया के हो…’बोलको गीत सार्वजनिक गरिएको हो। अंकित अशोक शर्माका छोरा हुन।

रवी मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ। कर्णप्रिय गीतको भिडियो उत्तिकै उत्कृष्ट बनेको छ।

साम्राज्ञी र अंकितको केमेष्ट्रि भिडियोमा गज्जबको देखिएको छ। बसन्त श्रेष्ठले यो भिडियोको कोरियोग्राफी गरेका हुन्।
किरण शर्मा, कृति शर्मा निर्माताका रुपमा रहेको चलचित्र ‘रातो टीका निधारमा’ दशैंलाई लक्षित गरि प्रदर्शनमा आउँदैछ।

चलचित्रमा साम्राज्ञी, अंकितका साथमा बुद्धि तामाङ्ग, रविन्द्र झा, शिवहरी पौडेल, नीता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धारा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायतको अभिनय छ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।