साउन २४ गते शुक्रबारको राशिफल, हेर्नुहोस तपाईंको भाग्य

वि.सं.२०७६ शुक्रबार- ईश्वी सन् २०१९ जुलाई १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि तृतीया,अहोरात्र । नक्षत्र धनिष्ठा,५४ घडी ३७ पला,रातको ०३ बजेर ११ मिनेट उप्रान्त शतभिषा ।

योग आयुष्मान,५९ घडी १९ पला,रातको ०५ बजेर ०४ मिनेट उप्रान्त सौभाग्य । करण वणिज,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धाता योग । चन्द्रराशि मकर,दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ०५ पला । धनिष्ठा पञ्चक प्रारम्भ। स्वामी श्रीप्राणनाथजी धाम सवारी भएको दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

काम गर्ने बिभिन्न अवसर आएपनि समयले साथ नदिदा पछि परिनेछ । बन्द व्यापारमा नाफा कमाउन बढिनै समय खर्चिनु पर्नेछ भने आउने ठाउबाट रुपैया पैसा नआउने हुनाले समस्या थपिनेछ । पढ्ने लेख्ने काम समय अभावका कारण थाति रहनेछ । आफन्त तथा दाजुभाई सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने योग रहेकोछ । सरकारि तथा प्राकृतिक स्रोत साधनका प्रयोग गर्दा ख्याल गर्नु पर्ने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । बिहानको समय मध्ययम रहेकोले माया प्रेममा अबिस्वास बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । व्यावसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । बिहानको समय मध्ययम रहेको ऋया लाग्ने तथा यहि बेलामा सत्रुहरुले दुख दिनेछन् । आफन्तसँग पनि मनमुटाब सिर्जना हुनाले काम गर्न मन लाग्ने छैन ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनतको आलोचना सहितको समर्थन पाईनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ । महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् ।दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

याे पनि पढ्नुहाेस्ः

पत्नीले फोन गरेर पतिलाई होटलमा बोलाइन्, होटलको कोठामा पुग्दा…

भारतको चण्डीगढको मोरनी इलाकामा एक व्यक्तिको ह*त्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई प*क्राउ गरेको थियो। प*क्राउ गरेबाट अचम्मको खुलासा भएको छ। मृ*तकको मृ*त्यु उनका पत्नीले आफ्ना प्रेमीसँग मिलेर गरेकी हुन्। यसको जानकारी मोबाइल कल, लोकेशन र महिलाको चुराबाट प्राप्त भएको हो।

यो विषय चण्डीमन्दिर प्रहरी चौकीका प्रमुख नवीन कुमारले पत्ता लगाएका हुन्। अहिले महिलालाई नियन्त्रणमा लिइएको छ भने उनका प्रेमी भने अझै फरार रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रहरी अनुसन्धानमा मृ*तक इस्लामकी पत्नी श्यामा प्रवीण आफ्ना श्रीमानलाई आँफू सधैं अफिस जान लागेको बहाना बनाउँथिइन्। उनका श्रीमानले खासै कमाइ गर्दैन थिए। त्यही कारण पत्नी तनावमा थिइन्।

घटनाका दिन पनि पत्नीले आफू अफिस जान लागेको बताएकी थिइन्। उनी घरबाट निस्किएर आफ्ना प्रेमीसँग बाइकमा बसेर मोरनी इलाकाको पलासराको एक होटलमा गइन्। पत्नीले आफ्नो प्रेमीसँग पतिलाई मा*र्ने योजना बनाइन्। अनि श्रीमानले फोन गरेर सो होटलमा बोलाइन्। त्यहाँ पुगेपछि आफ्नी पत्नी अरुसँगै देखे। त्यसपछि विवाद सुरु भयो। पत्नीले उनीहरु आफ्नो प्रेमी रहेको बताइन्।

त्यसपछि इस्लामले पत्नीलाई थप्पड प्रहार गरे। उनको चुरा पनि फुटे। पत्नीका साथीले इस्लामको घाँटी थिचे। त्यसपछि दुवैले इस्लामको अनुहारमा ढुंगा प्रहार गरेर ह*त्या गरे।

प्रकाशित मिति August 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।