८० बर्षीय तन्नेरी बिरबल (भिडियाे)

२३ साउन- उमेर संग पेसालाई न दाज्नु भन्ने खबरहरु हामीले सुन्दै आएका छौ। हो त्यस्तै एक ८० बर्षीय बिरबल श्रेष्ठको एउटा घत लाग्दो कहानी हामीले निर्माण गरेका छौ। ठमेलमा बस्ने बिरबलको मन रूहाउने कथाले सबैलाई चकित बनाउछ।

जीवनको एउटा यात्रामा उनले भोगेको पिडा सुन्ने हो भने सबैलाई चकित बनाउछ। कलाकारिता र जीवनलाइ संगै लाने यी व्यक्तिले विदेश सम्म आफ्नो जीवनलाई बिताएका रहेछन।

विदेशीहरुलाई नेपाली बाजाको महत्व सिकाउने यी व्यक्ति निकै ठुलो पदमा समेत रहेका रहेछन। नेपाली मौलिक बाजाका संरक्षक समेत रहेका बिरबलले के भन्नुभयाे ?

हेर्नुहाेस् भिडियाेमाः

याे पनि पढ्नुहाेस्ः

कश्मीर घट*नाबारे भारतले गरायो नेपाललाई औपचारिक जानकारी: ५ सय भन्दा धेरै प*क्राउ, मोदीले आज सम्बोधन गर्ने

२३ साउन- सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् । त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मन्त्रालयमा बोलाएर परराष्ट्र सचिवले घटनाबारे जानकारी गराएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले छिमेकी राष्ट्रले आफ्ना मुलुकमा भएका घटनाको बारेमा जानकारी गराउनु सामान्य भएको प्रतिक्रिया दिएका छन् । भारतको संविधानमै जम्मू कश्मीरलाई दिएको विशेष अधिकार हटाउने निर्णय केही दिनअघि सरकारले गरेको थियो । राष्ट्रपतिले त्यस्तो निर्णय कश्मीरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ ।

कश्मीरमा सञ्चार अवरुद्ध गरी क८फ्यू लगाएपछि भारत सरकारले ५ सय भन्दा धेरैलाई प८क्राउ गरिसकेको छ । चौथो दिन पनि कश्मीरीहरु आफ्नो घरभित्रै बस्न बाध्य भएका छन् । त्यस क्षेत्रका अधिकांश नेतालाई न८जरबन्द वा केहीलाई प८क्राउ नै गरिएको हो । यससँगै प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल बुधबार नै कश्मीरमा पुगेका छन् ।

बिहीबार भने मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोदी सरकारले यही साता कश्मीरले संविधानतः पाएको स्वायत्तताको विशेषाधिकार खारेज गरिदिएको छ । प्रतिपक्षी दल कांग्रेस लगायत केही अभियन्ताले भने यसको विरोध गर्दैआएका छन् ।

प्रकाशित मिति August 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।