झमेलामा रामकृष्ण ढकाल : सहकारीले ५ करोड ऋण नतिरेको भन्दै निकाल्याे सूचना

पाेखरा २३ साउन- गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिमा सार्वजनिक सूचना निकालेको छ ।

सूचनामा ‘ऋण तिर्न आउनू’ भन्नेखालको सन्देशचाहिँ छैन । बरु ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आ*रोप लगाइएको छ । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको बताएका छन् ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । लिलामीको मूल्यले पनि ऋण असुलउपर नभएको सहकारीको भनाइ छ ।

सहकारीले निकालेको सूचनाः
सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ ।

सूचनाको एउटै व्यहोरामा छुट्टाछुट्टै कर्जा रकमसहित केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शीतल भिडियो चलचित्र मन्दिरको नाम पनि उल्लेख छ । तर, उनीहरु ढकालसँग सम्बन्धित होइनन् । सबैभन्दा धेरै शीतल भिडियो चलचित्रको नाममा करिब ८ करोड रुपैयाँ ऋण देखाइएको छ ।

सहकारीबाट हालै प्रकाशित सूचनामा सहकारीले ‘ऋण तिर्न आउनू भनेर’ उल्लेख नगरेकाले केवल तर्साउने वा विवादमा ल्याउने उद्देश्यले मात्र सूचना प्रकाशित गरिएको हुन सक्ने ढकालको तर्क छ । पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आफू मानहानीमा जान सक्ने ढकाल बताउँछन् ।

‘यदि यो मलाई बदनाम गर्नकै लागि रचिएको जाल हो भने म पनि मानहानीमा जान सक्छु । यस विषयमा कानून व्यवसायीसँग परामर्श गर्नेछु,’ ढकालले अनलाइनखबरसँग भने ।

विवादको नालीबेली

ललितपुरस्थित सैंवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४ र २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर धितो राखिएको थियो ।

०६६ गते फागुन ५ गते पुल्चोकस्थित लालीगुराँस सहकारीले ढकालपत्नी निलमका नाममा १ करोड ८० लाख रुपैयाँ कर्जा निकासा गरेको थियो । यसका लागि ललितपुरस्थित सैंवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४ र २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर धितो राखिएको थियो ।

करिब १७ प्रतिशत व्याजदरमा लिइएको कर्जाको नियमित किस्ता ढकाल दम्पत्तिले तिर्न सकेनन् ।

त्यतिबेला करिब १७ प्रतिशत व्याजदरमा लिइएको कर्जाको नियमित किस्ता ढकाल दम्पत्तिले तिर्न सकेनन् । तत्कालीन समयमा आफ्नो आर्थिक अवस्थामा गिरावट आउँदा समयमा किस्ता तिर्न नसकेको स्वीकार्छन् ढकाल ।

सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी भने कर्जा लिएको केही महिनापछि उनीहरु दुबै सम्पर्कविहीन बनेको दाबी गर्छन् । ‘हामीले बारम्बार ताकेता गर्दा पनि साँवा र ब्याज दुवै उहाँहरुले तिर्नुभएन,’ भण्डारीले भने, ‘त्यसपछि पत्रिकामा सूचना निकाल्न वाध्य भयौं ।’

२०६९ सालमा सूचना निकालेपछि ढकालले आफूसँग साँवा र ब्याज तिर्ने पैसा नभएको भनेर थप कर्जा मागेको भण्डारीको दाबी छ । ‘उहाँले इमान्दारितापूर्वक कुरा गरेपछि उहाँको सामाजिक स्टाटसलाई पनि हेरेर हामीले बिनाधितो ५७ लाख रुपैयाँ कर्जा दियौं,’ भण्डारीले भने, ‘सहमतिबमोजिम उहाँले त्यो ५७ लाख रुपैयाँ सहकारीमै किस्तास्वरुप बुझाउनुभयो ।’

ढकालले भने आफूले बेग्लै ऋण लिएको नभई पहिलेको ऋणको ब्याजलाई आफ्नो ऋणमा सहकारीले परिणत गरेको बताए । ०६९ जेठ ११ गते ढकालका नाममा ५७ लाख रुपैयाँ कर्जा दाखिला भएको थियो । योसँगै ढकाल दम्पत्ति दुबैजना लालिगुराँसको ऋणी भए ।

त्यसपछि फेरि उनीहरुले थप किस्ता तिर्न सकेनन् । ०७० सालसम्म आइपुग्दा उनीहरुको ऋणको ब्याज बढ्दै गएर २ करोड ३७ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब सहकारीले निकाल्यो । तर, ढकाल दम्पत्तिले तिर्न नसकेपछि ०७१ जेठ २६ गते सहकारी संस्थाले ढकाल दम्पत्तीको तस्वीरसहित घर लिलामीको ३५ दिने सूचना निकाल्यो ।

आफू बसिरहेको घर सहकारीले घर लिलाम गर्ने भएपछि ढकाल अदालतको ढोका ढक्ढकाउन पुगे । निर्णय कार्यान्वयन नगर्न माग गर्दै उनले ०७० असारमा तत्कालीन पुनरावेदन अदालत पाटनमा रिट हाले । तर, अदालतले ०७० साउन १६ मा ढकालको रिट खारेज गरेको भण्डारी बताउँछन् । त्यसपछि घर लिलामी गर्ने बाटो सहकारीलाई खुल्ला भयो ।

यसरी त्यतिबेलाको कुल १ करोड ४४ लाख रुपैयाँमा ब्याज र हर्जाना जोड्दै सहकारीले दुवैजनाको गरी झण्डै ५ करोड ऋण देखाएको छ ।

रामकृष्ण विदेशमा भएका बेला सहकारीले ०७० जेठ २३ गते सो घर लिलाम गर्ने निर्णय गरेको थियो । लिलामीमा कोही किन्न नआएको भन्दै एक करोड ५० लाख मूल्यांकन गरेर घर आफ्नै स्वामित्वमा लियो । तर, त्यसले पनि ऋण चुक्ता नभएको भन्दै फेरि ताकेता गर्न थाल्यो ।

सहकारीको हिसाबअनुसार घर लिलामपछि निलमको नामको ऋण चुक्ता गर्न अझै ८७ लाख अपुग थियो भने रामकृष्णको ५७ लाख रुपैयाँ सिंगै बाँकी थियो । यसरी त्यतिबेलाको कुल १ करोड ४४ लाख रुपैयाँमा ब्याज र हर्जाना जोड्दै सहकारीले दुवैजनाको गरी झण्डै ५ करोड ऋण देखाएको छ ।

अदालतको फैसला रामकृष्णको पक्षमा

घर लिलामीपछि पनि सहकारीले पछ्याउन थालेपछि ढकालले जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेका थिए । त्यस मुद्दामा ०७२ साल फागुन १२ गते अदालतले गरेको फैसला ढकालको पक्षमा आयो । ‘अदालतले घर लिलामीपछि हामी ऋण दायित्वबाट मुक्त भएको आशयमा फैसला गरेको छ,’ भण्डारीले भने ।

रामकृष्णले ‘हरहिसाब शून्य घोषित गरी पाउँ’ भनी ललितपुर जिल्ला अदालतमा ०७२ साउन ३२ गते मुद्दा दायर गरेका थिए । त्यस मुद्दामा उनले आफ्नो घर लिलामीपछि थप ऋण तिर्नु नपर्ने आदेश माग गरेका थिए ।

अदालतबाट प्रतिवादी संस्थामा के कति रकम तिरी बुझाई सकेको र के कति रकम बझाउन बाँकी छ भन्ने विषयमा प्रवेश गरी हरहिसाब गराइदिने कानूनी व्यवस्था नभएकाले प्रस्तुत मु*द्दाको औचित्यमा प्रवेश गरी हरहिसाब लगाइरहनुपर्ने अवस्था देखिएन ।’

न्यायाधीश राजेन्द्र खरेलको इजलासले गरेको फैसलाको पूर्णपाठको १४ नम्बर बुँदामा भनिएको छ, ‘… सहकारी संस्थाको तर्फबाट वादीलाई कुनै रकम दावी लिई फिराद परेको अवस्थासमेत छैन ।

प्रतिवादीले वादीसँग कुनै रकम दावी लिई आएका बखत सो सम्वन्धमा कानूनबमोजिम न्यायिक निरुपण हुनेछ । अदालतबाट प्रतिवादी संस्थामा के कति रकम तिरी बुझाई सकेको र के कति रकम बझाउन बाँकी छ भन्ने विषयमा प्रवेश गरी हरहिसाब गराइदिने कानूनी व्यवस्था नभएकाले प्रस्तुत मु*द्दाको औचित्यमा प्रवेश गरी हरहिसाब लगाइरहनुपर्ने अवस्था देखिएन ।’

ढकालका तर्फबाट मुद्दा लडेका कानून व्यवसायी शम्भु थापा हरहिसाब लगाइरहनुनपर्ने अदालतको फैसलापछि यो प्रकरण टुंगिएको बताउँछन् । ‘अदालतमा उहाँहरुले कुनै रकमको मागदावी नै गर्न सक्नुभएन । त्यसैले अदालतले उक्त ऋणको हरहिसाब लगाउनुपर्ने नदेखिएको फैसला सुनाएको छ । यसको प्रष्ट आशय यही हो कि रामकृष्णजी ऋणमुक्त हुनुहुन्छ,’ उनले भने ।

चार वर्ष सहकारीको मौनता

तत्कालीन समयमा कार्यान्वयनमा रहेको सहकारी ऐन अनुसार यदि धितो लिलामी गर्दा ऋणको परिपूर्ति भएन भने कुनै पनि सहकारीले ऋणदाताको अन्य सम्पत्तिबाट पनि असुलउपर गर्न सक्छ । तर, त्यसको छिनोफानो एक वर्षभित्रै हुनुपर्छ । नियम २७ मा भनिएको छ, ‘धितोबाट ऋण असुलउपर हुन नसकेमा अरु जायजेथा एक वर्षभित्र लिलामविक्री गरी असुलउपर गर्नुपर्ने छ ।’

तर, एक वर्षसम्म सहकारीले कतै मुद्दा दायर गरेन । जिल्ला अदालतको फैसलापछि चारवर्षसम्म मौन बसेको सहकारीले एकाएक हिजो पत्रिकामा सूचना छपाउँदा आफू आश्चर्यमा परेको ढकाल बताउँछन् । सहकारीका भण्डारी भने चार वर्षमा पनि आफूहरुले ताकेता गर्दा पनि केही सिप नलागेको बताउँछन् । ढकाल दम्पत्ति ऋण तिर्न आए प्रचलित व्यवस्थाअनुसार हर्जनामा मिल्नेसम्म छुट दिन आफूहरु तयार रहेको उनको भनाइ छ ।

ढकालले प्रश्न गरे, ‘चार वर्ष ढुक्कले बस्ने अनि अहिले एकाएक विवाद निकाल्नुको आशय भनेको केवल मलाई विवादमा मुछ्नु मात्र हो ।’

ढकाल भने अदालतको फैसलाअनुसार पनि आफू ऋणबाट बाहिर निस्किसकेको भन्दै पैसा तिर्न जानै प्रश्नै नभएको बताएँछन् । ‘यदि हामीले त्यत्रो पैसा तिर्न बाँकी थियो भने ४ बर्षसम्म सहकारीले के हेरेर बस्थ्यो ?’ उनले प्रश्न गरे, ‘चार वर्ष ढुक्कले बस्ने अनि अहिले एकाएक विवाद निकाल्नुको आशय भनेको केवल मलाई विवादमा मुछ्नु मात्र हो ।’ उनले अगाडि थपे, ‘त्यो घरको मूल्य अहिले पाँच करोड भयो होला । ब्याज बढ्ने तर घरको मूल्य नबढ्ने हुन्छ ?’

मेरो त मु*द्दा सल्टिसकेको छ, फेरि किन जोरी खोज्न जानु ?’ मिडियामा लालीगुराँस सहकारीको ठगीका विषयमा आएका समाचारहरुमा आफ्नो कुनै हात नरहेको ढकालले बताए ।

लालीगुराँस सहकारीविरुद्ध मिडियावाजी गरेको र विभिन्न मान्छे प्रयोग गरेर धम्क्याएको आरोपलाई ढकालले सिधै खण्डन गरे । ‘त्यस सहकारीबाट अरु पनि पीडित बन्नुभएको छ । पीडितहरुले संगठित भएर आवाज उठाउन खोज्नुभएको होला’, ढकालले भने, ‘म पनि त्यो समूहमा छु कि भन्ने उहाँहरुको आशंका मात्र होला । तर, मेरो त मु*द्दा सल्टिसकेको छ, फेरि किन जोरी खोज्न जानु ?’ मिडियामा लालीगुराँस सहकारीको ठगीका विषयमा आएका समाचारहरुमा आफ्नो कुनै हात नरहेको ढकालले बताए । स्राेतः अनलाइन् खबरबाट

याे पनि पढ्नुहाेस्ः

श्रीमान विदेशमा, श्रीमतीमाथि परिवारबाटै यौ*न हिं*सा !

श्रीमान् विदेश गएको छ महिना मात्र भएको छ तर, परिवारका सदस्यहरूले अनेक लान्छना लगाउन थालेका छन् । सबैभन्दा अप्ठयारो त ससुराको व्यवहार छ । सानो छोरालाई स्तनपान गराइरहेको बेलामा सुटुक्क कोठामा पस्छन्, विरामी भएर उपचार गर्न जाँदा मलाई किन नलगेको जस्ता कुरा गर्छन् ।

विवाह भएको १७ वर्ष भयो । दुई छोरी र एक छोरा छन् । श्रीमान बाहिर जान थालेको पनि १२ वर्ष भइसक्यो तर, आजसम्म पनि पैसा पठाउने बेलामा विभिन्न शंकालु कुरा गर्नुहुन्छ । गाउँका मान्छेलाई फोन गरेर मेरोबारे सोधीखोजी गर्नुहुन्छ ।
श्रीमान वैदेशिक रोजगारमा जान थालेको १२ वर्ष भयो । छोरा जनकपुरको बोर्डिङ स्कुलमा पढ्छ । छोरालाई भेट्न, श्रीमानले पठाएको पैसा झिक्न भदैलाई साथी लैजाने गरेको छु । तर मान्छेहरु आफ्नै भदैसँग अनैतिक सम्बन्ध रहेको भनी श्रीमानलाई कुरा लगाइदिँदा रहेछन् । यसले बेलाबेला विवाद हुन्छ ।

माथि उल्लेखित घटना पुरुषहरु बैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरुले भोग्नुपरेको हिं*साका प्रतिनिधिमूलक घटना मात्र हुन् । पुरुष रोजगारीमा जाँदा उनका श्रीमतीहरुले चुकाउनु परेको सामाजिक मूल्यमध्ये यौ*न हिं*सा डरलाग्दो छ ।

महिलाहरु सामाजिक, आर्थिक, घरेलु मात्र होइन, यौन हिं*साको समेत शिकार हुने गरेका छन् ।

‘बैदेशिक रोजगारीमा गएका पुरुषहरुको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य’बारे मानवअधिकार आयोगले गरेको अध्ययन अनुसार बहुसंख्यक बुहारी बर्ग सामाजिक हिंसामा पर्न गरेका छन् । जसको श्रीमान विवाह गरे लगतै वैदेशिक रोजगारीमा जान्छन्, उनीहरुलाई छिमेकी र परिवारकै सदस्यले विभिन्न लान्छना लगाउने, जिस्क्याउने र श्रीमानलाई नकारात्मक कुरा लगाइदिने गरेका छन् ।

यस्तै पीडित हुन् सिन्धुपाल्चोककी जसु लामा ।

उनको विवाह हुने बित्तिकै श्रीमान् विदेश गएका थिए । भूकम्प जाँदा पनि श्रीमान घरमा नभएकाले सबै काम आफैंले गर्नु पर्‍यो । परिवारका सदस्यले भने अनेक आ*रोप लगाउँथे । ‘एक पटक मु*र्छा परेर ढलेछु । भाइले हस्पिटल लग्यो’ उनले अध्ययन टोलीसँग भनेकी छन्, डाक्टरले कमजोरी भन्यो तर परिवारका सदस्यले अवैध गर्भपतन गरी भन्ने आरोप लगाएर घरमा हेँला गर्न थाले ।’

अध्ययनका क्रममा सिन्धुपाल्चोकमा भएको सामूहिक छलफलमा सहभागीले ‘फलानोको श्रीमान वैदेशिक रोजगारीमा गएको छ । उसको श्रीमतीलाई फकाएर घुमाउन लैजान पर्‍यो भन्ने दाउमा एउटा समूह नै छ’ भनेको रिपोर्टमा उल्लेख छ ।

सिन्धुपाल्चोकका साथै धनुषामा गरिएको अध्ययनले सानै उमेरमा विवाह भएका केटीहरु, जसको श्रीमान बैदेशिक रोजगारीमा छन्, उनीहरु बढी सामाजिक हिं*साको शिकार हुने गरेको पाइएको छ । एउटै महिलालाई विभिन्न प्रकारका हिंसा पनि हुने गरेको पाइएको छ’ आयोगको रिपोर्टमा उल्लेख छ ।

श्रीमान् विदेशमै रहँदा घरमा छुट्टियौं । ऋण पनि हाम्रो भागमा परेको थियो । अब भाइ आउँदैन, भाइको भागको ऋण तिरेर उसको भागमा परेको ३ धुर जमिन पनि आफ्नो नाममा गर भनेर ससुराले भन्नुभयो । जग्गा पनि जेठाजुको नाम गरेर मलाई र छोरीलाई घरबाट निकालिदिए । ३ वर्ष भइसक्यो श्रीमान्ले फोन नगरेको पनि । माइतीमा आउँदा पनि दाइ भाउजुले गाली गर्छन् । भाइले जहाँ देख्यो, त्यही पिट्छ । मेरै कारणले दाइ, भाइ र भाउजुहरूले बचन लाउन थालेपछि आमाले पनि घरबाट निस्केर जा भन्नुभयो ।
पुरुष विदेशमा रहँदा श्रीमतीहरुमाथि हुने अर्को हिंसा आर्थिक हो । एकातिर श्रीमानले पैसा नपठाउने र अर्कातिर घर परिवारले खान–लाउन नदिने समस्या छ ।

सबै जना एउटै टहराको फरक विस्तारामा सुत्ने गर्थे । साँझमा प्रायः रक्सी खाएर आउने ससुरा मसँग शारीरिक सम्बन्ध राख्न खोज्थे । ससुराले आफ्नै विस्तारमा कपडा खोलेर शारीरिक सम्बन्धका लागि मेरो विस्तारामा आएका रहेछन् । मैले थाहा पाएपछि गालामा एक चड्कन लगाएर धकेलेँ ।
अध्ययनमा सहभागी महिलाहरुका अनुसार धेरैजसो महिलाका श्रीमानले उनीहरुकै नाममा पैसा पठाउने गरेको बताए । केहीले भने नागरिकता नभएका कारण अरुकै नामा पैसा आउने गरेको बताए । जसको नाममा पैसा आएपछि आफ्नो आवश्यकताअनुसार खर्च गर्न नपाउने उनीहरुको गुनासो छ । एक जनाले विदेशमा कमाउने र खाने मुुख धेरै हुने भएकाले ऋण चुक्ता गर्न मुस्लिक भएको अध्ययनमा सहभागीहरु अधिकांश महिलाले बताएका छन् ।

कतिपयको अवस्था भने फरक छ । विवाह गरेर विदेश गएका श्रीमानले सुरुमा आफ्नो नाममा पैसा नपठाउने तर बच्चा जन्मिएपछि भने पठाउने गरेको अनुभव छ । पुरुष वैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरु यौन हिंसामा पनि गरेका छन्, त्यो पनि बाहिरी पुरुषभन्दा घरकै संरक्षक भनिने ससुरा, जेठाजु, देवर जस्ताबाट ।

कतिसम्म भने श्रीमान वैदेशिक रोजगारीमा जाने बेला नै उसको कोसँग शारिरीक सम्बन्ध बनाउने भन्ने तय भएको हुने अनौठा तथ्यसमेत फेला परेको छ । यसमा श्रीमान श्रीमती दुबैको सहमति हुन्छ । श्रीमानी नहुँदाका लागि राखिने शारीरिक सम्बन्ध घर परिवारभित्रकै परिवारका सदस्यहरुको हुने गरेको पाइएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘जो महिला यस विषयमा आवाज उठाउँछन्, उनीहरुलाई विभिन्न लान्छना लगाउने गरेको पाइएको छ ।’

अधिवक्ता रेखा झाले धनुषामा परिवारभित्रै हुने यौन हिंसाको उच्च रहेको बताइन् । उनले भनेकी छन्, ‘जब एक युवती विवाह गरेर जान्छिन्, त्यसै पनि उनी जेठाजु, देवर तथा ससुराको नजरमा परिसकेकी हुन्छिन् ।’ श्रीमान वैदेशिक रोजगरीमा गएपछि उनी पारिवारिक यौन हिंसाको उच्च जोखिममा पर्ने उनले बतान् ।

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि परिवारमा नन्द, देवर अनि ४१ वर्षका ससुरा थिए । वैशाख २०७२ को भूकम्पले घर भत्किएपछि हाम्रो परिवार टहरामा बस्न थाल्यौं । सबै जना एउटै टहराको फरक विस्तारामा सुत्ने गर्थे । साँझमा प्रायः रक्सी खाएर आउने ससुरा मसँग शारीरिक सम्बन्ध राख्न खोज्थे । ससुराले आफ्नै विस्तारमा कपडा खोलेर शारीरिक सम्बन्धका लागि मेरो विस्तारामा आएका रहेछन् । मैले थाहा पाएपछि गालामा एक चड्कन लगाएर धकेले । ‘तँलाई शारीरिक सम्बन्धकै लागि बिहे गरेर ल्याएको हो, जसले शारीरिक सम्बन्ध राखे पनि के भयो’ भनेर जबरजस्ती गर्न लाग्नुभयो । त्यहाँबाट भाग्दा पछ्याएपछि तर्साउन काठ उचालेर हान्दा उहाँ भुइँमा ढल्नुभयो । त्यसको तीन दिनपछि मृत्यु भयो । ससुरा मारेको आरोपमा मलाई जिल्ला प्रहरी कार्यलयमा सानो बच्चासहित थुनेर राखिएको छ ।

मानवअधिकार आयोगको अध्ययन प्रतिवेदनका अनुसार श्रीमान वैदेशिक रोजगारीमा रहँदा घर परिवारबाटै यौन हिंसा भोग्नेहरुको पीडा आंकलन गर्नै नसकिने अवस्था छ । श्रीमान रोजगारीका लागि गएपछि श्रीमतीहरुले घरेलु हिंसा पनि बढी नै भोग्नु परेको पाइएको छ । खासगरी सासु र बुहारीको असमझदारीकै कारण हिंसा हुनेछ ।

सासुले बुहारीको लवाइखवाइ, हिँडडुल र साथीहरुसँगको मेलमिलाप तथा दाइजो जस्ता विषयमा विवाद गर्ने गरेका छन् । यही क्रममा सासुले हातपात गर्दा प्रतिकार गरे चरित्रहीनको संज्ञा दिने गरेको अध्ययनमा सहभागीहरुले बताएका छन् । घरेलु हिंसाका कारण कतिपयले त घर नै छाडेर हिड्ने गरेको पाइएको छ ।

बैदेशिक रोजगारमा रहँदा श्रीमतीका बारेमा घरपरिवार र छरछिमेकी तथा आफन्तले नकारात्मक र भ्रामक कुरा सुनाइदिँदा पतिपत्नीबीच विश्वासको संकट आउने ध्ययनका क्रममा सहभागीहरूले बताएका छन् । कतिपय श्रीमानले घरपरिवार, छरछिमेकीसँग श्रीमतीको चियोचर्चो गरिदिन आग्रह गर्ने समस्या पनि छ ।

मानवअधिकार आयोगले बैदेशिक रोजगारमा रहेका युवाका श्रीमतीहरूले चुकाउनुपरेको सामाजिक मूल्यबारे राष्ट्रव्यापी अध्ययन गरी आवश्यक कदम चाल्न सरकारलाई सिफारिस गरेको छ । साथै महिलाहरू सामाजिक, तथा पारिवारिक बहिष्कारसम्मको स्थितिमा रहेको भन्दै आवश्यक कदम चाल्न भनेको छ ।

प्रकाशित मिति August 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।