पशुपतिमा रहेको “कलीको मुर्ति” र संसार ध्वस्त हुने हल्ला, के हो सत्य ?

कलि युगको अन्त्यसँगै सारा संसार ध्वस्त भई नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ

हिन्दू धर्म शास्त्रका अनुसार ब्रम्हाण्डमा चार युग रहेका छन् जसमा सत्य त्रेता र द्वापर र कलियुग पर्दछन् शास्त्रहरुका अनुसार अहिलेको यो सयम कलियुग अन्तर्गतको कालखण्ड हो जुन अन्तिम पनि हो विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक पाइएको छ ।

चार युग मध्येको पहिलो युग सत्य युग हो कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ कलि युगको अन्त्यसँगै सारा संसार ध्वस्त भई नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको पाइएपनि शास्त्र अनुसार समय भने फरक फरक रहेको पाइएको छ ।

पशुपतिमा कलिको मुर्ति हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको विश्वास गरिन्छ पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्र्ति’ को रुपमा लिने गरिएको छ

कलियुगको आरम्भ १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ कलियुग चौथो युग हो शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ ।

तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् श्रुतिहरुका अनुसार यो मुर्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ ।

अर्थात यो मूर्ति पूर्णरुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ तर पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्ने बताउँछ ।

प्रकाशित मिति August 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।