बाँदर लखेट्ने क्रममा ३६ वर्षीय विजयको मृ*त्यु

अर्घाखाँची २२ साउन– अर्घाखाँचीमा बाँदर लखेट्ने क्रममा भीरबाट लडेर एक जनाको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा मालारानी गाउँपालिका–२, अमीलेका ३६ वर्षीय विजय केसी रहेका छन् ।

मंगलबार बिहान बाँदर लखेट्ने क्रममा भीरबाट लडेको स्थानियले बताएका छन् । अर्घाखाँचीमा बाँदरले मकै खान थालेपछि कृषकहरु हैरान बनेका छन् ।

याे पनि पढ्नुहाेस्ः

ओएस नेपाल म्युजिक अवार्ड – २०७६ को फारम खुल्ला

तपाई गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईकालागि खुशीको खबर छ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप ओएसनेपाल म्यूजिक अवार्ड-२०७६ आयोजना गरिने भएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ५८ वटा बिधा रहनेछन् ।

जसमा सहभागिता जनाउन तपाईले कुनै झन्जट उठाउनुपर्ने छैन । देश विदेश जहाँबाट पनि सजिलै फारम भर्न सक्नुहुनेछ । फारम भर्न तपाईले ९८४९२८११८८ नम्बरमा सम्पर्क गरेर वा ओएस नेपालको कार्यालयमा आई फारम भर्न सक्नु हुनेछ । फारम भर्नु अघि यि शर्तहररूलाई भने मुख्य रूपमा पालना गर्नुपर्ने छ ।

अवार्डमा भागलिंदा २०७५ जेठ २१ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्ने छ । अवार्डमा सम्बन्धितको अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ । तामाङ्ग र सुनुवार भाषाका गीतहरू २०७४ जेठ १ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत र भिडियो हुनुपर्ने छ ।

गायक र गायिकाको हकमा म्यूजिक भिडियो नआए पनि अडियोको हकमा सहभागी हुन सक्ने छन् । ओएस नेपाल म्युजिक अवार्ड- २०७६ र्मा हिमालयन फाउण्डेसन क्रप न्यूयोर्क र क्यालिफोनिर्या अमेरिका तथा गोल्डेन स्टेट मुभी मेकरले प्रयाजोन गरेको छ ।

प्रकाशित मिति August 7, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।