मेडसिटी हस्पिटल र लेखनाथ सिटी हस्पिटल बिच सम्झौता

पोखरा २२ साउन-अन्र्तराष्ट्रीय स्तरको नेपाल मेडसिटी हस्पिटल र पोखरा २६ बुढिबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटल बिच सम्झौता भएको छ ।

सम्भौतामा नेपाल मेडसिटी हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमाल र लेखनाथ सिटी हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका हुन् ।

पोखरा आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्नको लागि नेपालकै ठुलो र उत्कृष्ठ हस्पिटलसँग समन्वय गरेको निर्देशक उदीपराज ढुंगानाले बताए । सम्झौता अनुसार लेखनाथ सिटी हस्पिटलले ७५० शैया सहित सम्पुर्ण स्वास्थ्य सेवाहरु उपलब्ध गराउदै आएको मेडसिटी हस्पिटलको प्राबिधिक तथा अन्य सम्पुर्ण सहयोग प्राप्त गर्नेछ । साथै हरेक महिना नेपाल मेडसिटीका सुपर स्पेशलिस्ट डाक्टरहरुले लेखनाथ सिटी हस्पिटलमा आएर बिरामीहरु चेकजाँच गर्नेछन् ।

लेखनाथ सिटी हस्पिटलका निर्देशक संजय कार्कीले भने, मेडसिटी हस्पिटलको समन्वयमा लेखनाथ सिटी हस्पिटलबाट हेलिकप्टर रेस्क्युको समेत ब्यबस्था गरेकाे बताएका छन्

बिभिन्न क्याम्पहरुमा पनि मेडसिटी हस्पिटलका डाक्टर, प्राबिधिक र अन्य आबश्यक टिमले लेखनाथ सिटी हस्पिटलमै आएर बिरामीहरुको सेवा गर्नेछन् । अत्यन्तै जटिल मानिने हिप तथा घुँडाको अपरेशनहरुपनि लेखनाथ सिटी हस्पिटलमा अब सम्भब हुने भएको छ । लेखनाथ सिटी हस्पिटलका निर्देशक संजय कार्कीले भने, मेडसिटी हस्पिटलको समन्वयमा लेखनाथ सिटी हस्पिटलबाट हेलिकप्टर रेस्क्युको समेत ब्यबस्था गरिएको छ यो ब्यबस्थाले गण्डकी क्षेत्रका बिरामीहरुलाई प्रत्यक्ष लाभ मिल्ने छ ।

हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्रकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईर्मजेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य सम्पुर्ण बिशेषज्ञ सेवाहरुसहित संचालित रहेको छ

नेपाल मेडसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले पोखरा र आसपासका क्षेत्रहरुमा सेवा दिने उद्देश्यले युवा ब्यबसायीहरु्द्धारा संचालित लेखनाथ सिटी हस्पिटल पार्टनर हस्पिटलको रुपमा नेपाल मेडसिटी हस्पिटलसँग सहकार्य गर्दा गण्डकी प्रदेशका बिरामीहरुलाई स्वास्थ्य सेवामा अझ पहुँच बढ्ने बिश्वास ब्यक्त गरे ।

बिरामीले नेपाल मेडसिटी हस्पिटलमा डाक्टरको टिकट तथा अन्य सुबिधाका लागि सिधै लेखनाथ सिटी हस्पिटलबाट नै बुकिङ गर्ने सक्नेछन् । हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्रकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईर्मजेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य सम्पुर्ण बिशेषज्ञ सेवाहरुसहित संचालित रहेको छ । लेखकः अभिषेक राज कडेल

प्रकाशित मिति August 7, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।