कुन महिना जन्मिने व्यक्ति कस्ता हुन्छन्? थाहा पाउनुस्

पाेखरा २२ साउन- ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

कुन महिना जन्मेकाे ब्यक्ती कस्ताे हुन्छ पढ्नुहाेस्ः

बैशाख महिनाः बैशाख महिनामा जन्मिएका मानिसहरु भोगी सर्व सुख युक्त, धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
असार महिनाः असार महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

साउन महिनाःसाउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
भदौ महिनाः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।
असोज महिनाः असोज महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

कार्तिक महिनाः कार्तिक महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
मंसिर महिनाः मंसिर महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
पुस महिनाःपुस महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

माघ महिनाःमाघ महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
फागुन महिनाः फागुन महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
चैत महिनाःचैत महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।

याे पनि पढ्नुहाेस्ः

अबको पाँच वर्ष सरकारको प्राथमिकतामा अब विकास प्रमुख मु*द्दा : संचारमन्त्री बास्कोटा

जनकपुरमा स्मार्ट विद्यालयको उद्घाटन गर्न पुगेका संचारमन्त्री संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले मंगलवार जनकपुरमा पत्रकारसंगको भेटघाटमा वर्तमान सरकार प्रगति, सामाजिक न्यायलाई विशेष मु*द्दा बनाई अबको पांच वर्षसम्म सरकार विकासलाई नै केन्द्र बनाएर अघि बढ्ने स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा संचारकर्मीलाई सम्बोधन गर्दै मन्त्री बासकोटाले भन्नुभयाे – ‘अब पांच वर्षसम्म सरकार परिवर्तन हुँदैन ढुक्क हुनुहाेस् अब सरकार विकासमा केन्द्रित हुन्छ ।’ सरकारको प्राथमिकतामा अब विकास प्रमुख मुद्दा रहेको बताए।

सरकारले यस आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष लिएकाे र आउँदो आर्थिक वर्षमा त्यसलाई बढाएर ८.५ प्रतिशत पुर्याउने लक्ष्यका साथ कार्य भईरहेको पनि बताए।

उनले अहिले विकासको मुख्य आधारशिला नै कनेक्टिविटी भएकोले अब कार्तिक महीना भित्रै जनकपुर, बीरगंज, लहान लगायतको स्थानमा फोर जी सेवा संचालनमा आउने जानकारी दिए। साथै, उनले संचारकर्मीलाई जनताको चाहना र सरकारको काम वारे निष्पक्ष भएर कलम चलाउन सुझाव दिए।

मन्त्री बास्कोटाले संघ, प्रदेश र स्थानीय सरकारले चुनावमा गरेको वाचा अब पूरा गर्नु पर्ने जिकिर गर्दै प्रदेशले आफ्नो अधिकार क्षेत्र भित्र बसेर काम गर्न आग्रहसमेत गरे ।

प्रकाशित मिति August 7, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।