उपचार हुनसक्ने बिरामी रेफर गर्ने अस्पताललाई ५ लाखसम्म जरिवाना !

जनकपुरधाम । अस्पतालले आफूले उपचार दिन सक्ने सेवामा पनि रेफर गर्ने प्रचलन अन्त्य गर्न प्रदेश २ सरकारले कडा कानुन ल्याउन लागेको छ । स्वास्थ्य संस्थामा सेवा र स्वास्थ्यकर्मी हुँदाहुँदै सेवाग्राहीलाई अर्काे स्वास्थ्य संस्थामा रेफर गर्नेलाई २५ हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था गर्न लागेको हो ।

प्रदेशसभामा पेश भएको स्वास्थ्यसम्बन्धी विधेयकमा पहिलो पटकका लागि २५ हजार, दोस्रो पटकमा दोब्बर र तेस्रो पटक ५ लाखसम्म जरिवाना लिने व्यवस्था राखिएको छ ।

अनुमति नलिई स्वास्थ्य संस्था संचालन गर्नेलाई १ लाख जरिवाना तिराउँदै स्वास्थ्य संस्था बन्द गर्ने विधेयकमा उल्लेख छ । दर्ता नभई स्वास्थ्य सेवा प्रदान गर्नेलाई २५ हजारदेखि १ लाखसम्म जरिवाना तिराउने गरी व्यवस्था विधेयकमा राखिएको छ ।

प्रकाशित मिति May 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।