पत्रकार पुडासैनी ह*त्या की आ*त्मह*त्या ? रहस्यमय अवस्थामा फेला

पुडासैनीको झुण्डिएको अवस्थाको तस्बीर समेत सार्वजनिक

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले मृ*त्यु अघि जग्गा व्यवसायीसँग भेटघाट गरेको बुझिएको छ । पुडासैनाीले मृ*त्युअघि केही जग्गा व्यवसायीसँग छलफल गरेको चितवनको साैराहा अनलाइनले भिडियो सहित पुडासैनीको समाचार प्रकाशन गरेको छ ।

उसले पुडासैनीको झुण्डि*एको अवस्थाको तस्बीर समेत सार्वजनिक गरेको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झु*ण्डिएको अवस्थामा फेला परेका थिए ।

उनीकार्यरत माउन्टेन टेलिभिजनले अहिलेसम्म कुनै अाधिकारिक सूचना जारी गरेको छैन । समाजिक सञ्जालमा भने शालिकरामको ह*त्या भएको भन्दै चर्को बिरोध

पत्रकार पुडासैनी सोमबार राति नै झु*ण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन पुगेका छन । उनी नाइलनको डोरी पंखामा पा*सो लगाएर झु*ण्डिएको अवस्थामा रहेका छन ।एउटा खुट्टा खाटमा र एउटा खुट्टा झु*ण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको छ ।

पुडासैनी झुण्डिएको डोरी भुइँमा समेत लतारिएको छ । उनी दुइवटा खाटको बीचमा टेबुल राखेर पंखामा पासो लगाउन पुगेको जस्तो पनि देखिन्छ यद्यपी एउटा खुट्टा खाटमा टेकिइरहेको अवस्था हेर्दा कसैले झुण्डाएको हो कि भन्ने शंका गर्ने ठाउँसमेत रहेको छ ।

पुडासैनी त्यहाँ रिपोर्टिङकै लागि पुगेका थिए वा अन्य कामले गएका थिए भन्ने केही खुलेको छैन । यसबारेमा उनीकार्यरत माउन्टेन टेलिभिजनले अहिलेसम्म कुनै अाधिकारिक सूचना जारी गरेको छैन । समाजिक सञ्जालमा भने शालिकरामको ह*त्या भएको भन्दै चर्को बिरोध भैरहेको छ । धेरैले शालिकरामको मृ*त्यु शं*कास्पद भएको भन्दै छानविनको माग गरेका छन ।

प्रकाशित मिति August 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।