पोहोर बगायो घर, अहिले बगायाे आमाछोरी

पाेखरा २० साउन— आँखा विस्तारै खोलेर वरपर हेरे । को आयो, हे प्रभु, हे मेरा भगवान् ∕ उनले दुई हात जोडे । अस्पतालको शय्यानजिक कोही मानिस आउनेबित्तिकै सय वर्ष नाँघेका गौमुल गाउँपालिका–६ टाँडाकोटीका जंगे चँदारा छट्पटिन्छन् ।

उनका कुरुवा भाइ शिरे पानी पिलाएर शान्त गराउँछन्। ‘कठै पनातिनी र बुहारीको मुख देख्न पाइएन,’ त्यो उमेरमा जंगे चँदारा आँशु निकालेर डाको छोडेर रुन थालेपछि नजिकका सबै स्तब्ध भए

अहिले कस्तो छ बुबाभन्दा उनी अलिअलि सास्ती भएको छ भन्दै शरीरभरिका नीलडाम देखाउँछन्। कतिखेर उठ्छन्, कतिखेर पल्टन्छन्। उकुसमुकुस गरिरहन्छन्। क्षणभरमै शिथिल हुँदै घोप्टो पर्छन् । त्यसपछि उनका कुरुवा भाइ शिरे पानी पिलाएर शान्त गराउँछन्। ‘कठै पनातिनी र बुहारीको मुख देख्न पाइएन,’ त्यो उमेरमा जंगे चँदारा आँशु निकालेर डाको छोडेर रुन थालेपछि नजिकका सबै स्तब्ध भए। पहिरोले शुक्रबार मध्यरातमा घर भत्काएपछि उनको ज्यान त जोगियो तर पीडामाथि पीडा भने थपियो।

पोहोर भदौमा पनि यस्तै पहिरो आएको थियो। त्यतिबेला पनि घर भत्कियो। अन्नपात लत्ताकपडा सबै बेकाम भएका थिए। ‘त्यतिबेला सरकारले दया गर्‍यो। खाद्यान्न, पाल, लत्ताकपडा, दियो,’ उनले भने, ‘२ महिनासम्म गोरु बाँध्ने गोठमा बस्यौं।’

‘माथिबाट आएको पहिरोले घर भत्किँदै थियो। जेठालाई हामीले तानेर २ मिटर पर लग्यौं। बुहारी निरुता र नातिनी किस्मिता पल्लो कोठामा सुतेका थिए। उनीहरूले ऐय्या पनि गर्न पाएनन्। पहिरोले घरसँगै पुर्‍यो,’ जंगेले भक्कानिँदै भने। पोहोर भदौमा पनि यस्तै पहिरो आएको थियो। त्यतिबेला पनि घर भत्कियो। अन्नपात लत्ताकपडा सबै बेकाम भएका थिए। ‘त्यतिबेला सरकारले दया गर्‍यो। खाद्यान्न, पाल, लत्ताकपडा, दियो,’ उनले भने, ‘२ महिनासम्म गोरु बाँध्ने गोठमा बस्यौं।’

कात्तिकदेखि यतिबेला पहिरोमा भत्किएको घर बनाउन सुरु गरेका थिए। नयाँ घर बनाउन ७ महिना लाग्यो। त्यतिन्जेलसम्म गोरुगोठमै बसेको सुनाउँदै उनले भने, ‘भर्खर ३ महिना मात्रै भयो नयाँ घरमा बस्न थालेको।’ अन्त कतै जग्गा नभएकाले पोहोर पहिरो खसेकै ठाउँमा अर्को घर बनाएका हुन्। ‘पहिरोको अवस्था देख्दादेख्दै पनि हामी त्यहाँ बनाउन बाध्य भयौं। किनकि अन्त कहीं ठाउँ नै थिएन,’

उनले भने ‘केही ऋण गाउँकै दाजुभाइलाई हारगुहार गरी मागेका छौं,’ उनले सुनाए, ‘अहिलेसम्म एक जनाको पनि ऋण चुक्ता गर्नसकेका छैनौं।

घर बनाउँदा ३ लाख नगद ऋण लागेको सुनाउँदै केही सहकारीबाट ऋण निकालेको उनले बताए। ‘केही ऋण गाउँकै दाजुभाइलाई हारगुहार गरी मागेका छौं,’ उनले सुनाए, ‘अहिलेसम्म एक जनाको पनि ऋण चुक्ता गर्नसकेका छैनौं। फेरि बगाइहाल्यो। बिहान–बेलुका पैसा माग्नेहरू घरमा खाली हुँदैन्थे। घटना भएको दिनदेखि मात्र पैसा माग्नेहरू आउन छाडेका छन्।’

‘चर्पी बनाउने ठाउँ पनि छैन। गाउँलेहरू बिहान खुला दिसा गर्छन्,’ टाँडाकोटका शिरे चँदारा भन्छन्, ‘घर ठियोबाहेक एक बित्ता जमिन छैन।’

त्यही गाउँ टाँडाकोटका १८ परिवारको अवस्था पनि जोखिममुक्त छैन। कसैका पनि अन्यत्र घर बनाउने जग्गा जमिन नभएकाले जोखिम मोलेरै त्यहाँ बस्न स्थानीय बासिन्दा बाध्य छन्। ‘चर्पी बनाउने ठाउँ पनि छैन। गाउँलेहरू बिहान खुला दिसा गर्छन्,’ टाँडाकोटका शिरे चँदारा भन्छन्, ‘घर ठियोबाहेक एक बित्ता जमिन छैन।’

शिरेले भने, ‘सबैले नजिकैको सुरक्षित ठाउँ सिममा बस्ती सार्ने कुरा गरेका पनि हुन्। केहीको कुरो नमिलेपछि काम अघि बढ्न सकेन।’

पहिरोको जोमिख बढदै गएकाले त्यस ठाउँको दलित बस्ती नै सार्नुपर्छ भन्ने निष्कर्षमा गाउँलेहरू पुगेका छन्। ‘पोहोरसाल बस्ती सार्ने विषयमा छलफल भएको थियो,’ शिरेले भने, ‘सबैले नजिकैको सुरक्षित ठाउँ सिममा बस्ती सार्ने कुरा गरेका पनि हुन्। केहीको कुरो नमिलेपछि काम अघि बढ्न सकेन।’ स्राेतः इकान्तिपूर

प्रकाशित मिति August 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।