यी ८ तस्विर नम्रताका फ्यानले देखेपछि खुलेर प्रशंसा गर्न थाले

पाेखरा २० साउन- नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ गत वर्ष रिलिज भएको थियो । यो फिल्मबाट नम्रताले खुबै तारिफ पाइन् । लामो समयपछि उनको हातमा एक सफल फिल्म प–यो ।

उनी यतिबेला फिल्म ‘जाइरा’ को प्रचारमा व्यस्त छिन् । यो फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न पाइनेछ । फिल्मको प्रचारका क्रममा रहेकी नम्रता राजधानीमा भेटिइन् । भेटमा उनले आफू चलचित्र ‘जाइरा’ बाट आशावादी भएको पनि बताइन् ।

बीचमा केही समय तनावमा रहेकी नम्रता केही वर्षयता भने सामान्य अवस्थामा फर्केकी छिन् । फ्यानले उनको सुन्दरताको खुलेर प्रशंसा गर्छन् । साथै उनको अभिनयको पनि उत्तिकै चर्चा गर्ने गर्छन् ।

चलचित्र ‘जाइरा’ मा अनुपविक्रम शाहीसँगै देखिएकी नम्रताले यो फिल्ममा कस्तो अभिनय गरेकी छिन्, त्यो हेर्दै गरौँला । अहिले भने उनको सुन्दरता झल्किने केही तस्वीर हेरौँ ।

याे पनि पढ्नुहाेस्ः

‘साइनो’ ले पायो पिजी सर्टिफिकेट

यहि आउँदो साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘साइनो’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो फिल्मलाई बोर्डले पिजी सर्टिफिकेट दिएको छ । फिल्मका निर्देशक रमेश थापाले भने यो चलचित्र सबैले हेर्न मिल्ने खालको भएको बताए ।

उनले यो फिल्म मौलिक तथा सामाजिक कथामा निर्माण भएको समेत खुलाए । चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।

फिल्ममा शरण थापा कार्यकारी निर्माताका रुपमा रहेका छन् । यस्तै चलचित्रमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन छ ।

प्रकाशित मिति August 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।